
रौतहटमा तीन घरमा आगलागी हुँदा लाखौंको क्षति

रौतहट – रौतहटको छुट्टाछुट्टै तीन स्थानमा गएराति भएको आगलागीबाट लाखौं बराबरको क्षति भएको छ ।
लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर तीन घरमा भएको आगलागीबाट १० लाखभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।
गएराति ७ बजे परोहा नगरपालिका १ का शेख अलि अख्तरको घरमा आगलागी भएको थियो । सोही घरबाट सल्किएर छिमेकी अंशु रहमानको घरमा समेत आगलागी भएको थियो ।
आगलागीबाट अख्तरको घरको अन्न, लत्ताकपडा गरी कुल दुई लाख ७० हजार र छिमेकी रहमानको घरमा दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।
त्यसैगरी, ईशनाथ नगरपालिका वडा १ स्थित चन्देश्वर यादवको घरमा रातीनै भएको आगलागी बाट घरमा रहेको अन्न लता कपडा गरी ६ लाखको क्षति भएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।
सदरमुकाम गौरबाट गएको दमकल, स्थानीय प्रहरी र गाँउलेहरुको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ