केन्द्रीय संस्करण
कोरोना अर्थतन्त्र

जोखिमपूर्ण बन्दै कोरोना बीमा : बीमा कम्पनीलाई खतराको घण्टी

बीमा कम्पनी भन्छन्, 'यो बीमा होइन, जुवा हो'

person explore access_timeजेठ ८, २०७७ chat_bubble_outline0
शंकर अर्याल

रातोपाटी

काठमाडौँ । कोरोनाभाइरस संक्रमणका लागि बीमा समितिले ल्याएको कोरोना बीमा जोखिमपूर्ण बन्दै गएको छ । कोरोनाभाइरसको संक्रमणको दर फैलिँदै गएको र यसको महामारी समुदायस्तरमा समेत देखिन थालेसँगै कोरोना बीमा थप जोखिमपूर्ण बन्दै गएको हो । कोरोनाभाइरसको संक्रमण भएको प्रमाणित भएपछि गरिने उपचार तथा सजगताको लागि भन्दै बीमा समितिले एक महिना अघि यस्तो बीमालेख जारी गरेको थियो ।

एक महिनाको अवधिसम्म आइपुग्दा यो बीमा पोलिसीमा नागरिकहरुको आकर्षण अत्यधिक देखिएको छ । मंगलबारसम्म ९ हजार ६ सय ६६ बीमालेखमार्फत् कुल १ लाख २१ हजार ९ सय ५७ जनाले यस्तो बीमाा गराएका छन् । कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा पछिल्लो दिन यस्तो बीमा गराउनेको संख्या बढ्दै गएको छ । मंगलबारमात्रै ८ हजार ४ सय २० जनाले यस्तो बीमा गराएका छन् । यो दर सोमबार ११ हजार ५ सय ८२ तथा आइतबार १२ हजार ८ सय ६ जना थियो ।


‘यो बीमालेख बीमाको सर्वमान्य सिद्धान्तअनुसार छैन, हामीले यसलाई पहिलै नल्याऔं भनेका हौँ, तर नियमनकारी निकायले नै बीमालेख जारी गरिसकेपछि हामीले त्यसलाई कार्यान्वयन नगरी बस्न सकेनौँ,’ बीमा कम्पनीका एकजना प्रमुख कार्यकारी अधिकृतले भने, ‘बीमा सम्भाव्यताको सिद्धान्तमा आधारित हुनुपर्छ, एउटा घरमा आगो लागिरहेको अवस्थामा सँगै जोडिएको अर्को घरको बीमा गरिदिन्छु, भन्यो भने कसले गर्दैन र ? अहिलेको अवस्थामा यो बीमामा देखिएको आकर्षण त्यस्तै हो । यो बीमा होइन, जुवा हो ।’


अहिले अधिकांशले सामुहिक वा पारिवारिक जीवनबीमा गराइरहेका छन् । एकल रुपमा गरिएको बीमाभन्दा सामुहिक बीमा ४० प्रतिशत सस्तो हुने भएपछि सामूहिक रुपमा बीमा गराउने प्रचलन बढेको हो । मंगलबारसम्म १ लाख २१ हजारको बीमालेखबाट बीमा कम्पनीहरुले ६ करोड ६० लाख ८७ हजार रुपैंयाँ बीमाशुल्क संकलन गरेको बीमासमितिको तथ्याङ्कमा उल्लेख छ ।

खुसी छैनन् बीमक

बीमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा पनि बीमकहरुसर्वसाधारणको यो बीमामा देखिएको आकर्षणका खुसी छैनन् । यो बीमालेखमा देखिएको आकर्षणले भोलिका दिनमा बीमा कम्पनीलाई नै धरासायी बनाएर लैजाने उनीहरुको आशंका छ । त्यसैले, उनीले यो बीमालेखलाई तात्कालै बन्द गर्नुपर्ने पक्षमा समेत छन् । यो बीमालेखले बीमाको कुनै पनि सैद्धान्तिक धरातललाई नटेक्ने र यो उत्तिकै जोखिमपूर्ण भएको भन्दै यसलाई तत्काल बन्द गर्नुपर्ने पक्षमा उनीहरु छन् ।

‘यो बीमालेख बीमाको सर्वमान्य सिद्धान्तअनुसार छैन, हामीले यसलाई पहिलै नल्याऔं भनेका हौँ, तर नियमनकारी निकायले नै बीमालेख जारी गरिसकेपछि हामीले त्यसलाई कार्यान्वयन नगरी बस्न सकेनौँ,’ बीमा कम्पनीका एकजना प्रमुख कार्यकारी अधिकृतले भने, ‘बीमा सम्भाव्यताको सिद्धान्तमा आधारित हुनुपर्छ, एउटा घरमा आगो लागिरहेको अवस्थामा सँगै जोडिएको अर्को घरको बीमा गरिदिन्छु, भन्यो भने कसले गर्दैन र ? अहिलेको अवस्थामा यो बीमामा देखिएको आकर्षण त्यस्तै हो । यो बीमा होइन, जुवा हो ।’


अर्को सैद्धान्तिक समस्या भनेको सम्भावनाको हो । कुनैपनि बीमा घट्ने सम्भाव्यताका आधारमा गरिन्छ । अर्थात्, घटना घटिसकेपछि त्यसको बीमा हुन सक्दैन । अर्का एकजना प्रमुख कार्यकारी अधिकृत भन्छन्, ‘तर कोरोना बीमा घटना घटिसकेपछि बीमा गर, म जोखिम व्यहोर्छु भनेजस्तो भयो जसमा जोखिम धेरै छ तर तुलनात्मकरुपमा त्यसको शुल्क निकै कम ।’ उनका अनुसार बीमा पोलिसी जारी गर्नुअघि कम्तिमा कोरोनाले ग्रस्त भएका देशहरुको अवस्थालाई अध्ययन गरेको भए यस्तो अवस्था आउने थिएन ।


ती अधिकारी यो बीमालेखको सैद्धान्तिक धरातलमाथि प्रश्न उठाउनुको ३/४ वटा कारण रहेको बताउँछन् ।

उनका अनुसार महामारीको बीमा गर्नु आफैंमा सैद्धानितक मान्यताविपरितको कुरा हो । कतिपय देशहरुमा महामारीको अवस्थामा सामान्य बीमालेख समेत निष्क्रिय हुने व्यवस्था भएको भन्दै यहाँ माहामरीकै बीचमा बीमा गर्नुको कुनै औचित्य नहुने उनको दाबी छ ।

‘विकसित मुलुकहरुले महामारी र आतंकवादको बीमालेख अहिलेसम्म जारी गर्न सकेका छैनन् । हाम्रोमा यस्तो बीमालेख आउनु बेमौसमको बाजा हो ।’ ती अधिकारीले भने, ‘रेगुलेटरी सरकारलाई काम देखाउने र बीमक संघ बीमा समितिले भनेको काट्न नसक्ने भएकोले यो पोलिसी जबर्जस्ती आएको हो, तत्कालै नसच्याउने हो भने यसबाट कोही पनि बाँकी रहँदैन ।’

अर्को सैद्धान्तिक समस्या भनेको सम्भावनाको हो । कुनैपनि बीमा घट्ने सम्भाव्यताका आधारमा गरिन्छ । अर्थात्, घटना घटिसकेपछि त्यसको बीमा हुन सक्दैन । अर्का एकजना प्रमुख कार्यकारी अधिकृत भन्छन्, ‘तर कोरोना बीमा घटना घटिसकेपछि बीमा गर, म जोखिम व्यहोर्छु भनेजस्तो भयो जसमा जोखिम धेरै छ तर तुलनात्मकरुपमा त्यसको शुल्क निकै कम ।’ उनका अनुसार बीमा पोलिसी जारी गर्नुअघि कम्तिमा कोरोनाले ग्रस्त भएका देशहरुको अवस्थालाई अध्ययन गरेको भए यस्तो अवस्था आउने थिएन ।


बीमा समिति भने यसलाई नजिकबाट नियालिरहेको बताउँछ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल भन्छन्, ‘अहिलेसम्म बीमा गरिएकामध्ये कसैको पनि मागदाबी परेको छैन । तर हामीले यसलाई नजिकबाट नियालिरहेका छौँ, संक्रमण बढ्दै गएको अवस्थामा के गर्ने हामी विचार गर्छौं ।


यो बीमालेखको तेस्रो खराबी भनेको ‘क्षतिपुर्तिको सिद्धान्त’ को बेवास्ता गर्नु हो । अहिले कोरोनाको निःशुल्क परीक्षण र उपचार गरिरहेको बताएको छ । यस्तो अवस्थामा यस्तो बीमालेख खरिद गर्नेले दाबी भुक्तानी पाउँदा त्यो क्षतिपूर्ति होइन, लाभ प्राप्त गर्नुसरह हुन्छ । ‘बीमा लाभको लागि गर्ने होइन, जोखिमको हस्तान्तरण मात्रै हो । यहाँनिर क्षतिपुर्तिको सिद्धान्तविपरित यो बीमालेख भयो । यसरी लाभ प्राप्त गर्ने अवसर दिने हो भने यसले बीमाको औचित्यमाथि नै प्रश्न उठाउँछ ।’

चौथो, समस्या भनेको जोखिमको बाँडफाँडको पनि हो । यो बीमालेखको जोखिम हस्तान्तरणको अवस्था अहिले छैन अर्थात् यो बीमाको पुनर्बीमा गर्न अहिले कोही पनि तयार छैनन् । त्यसैले यसलाई समितिले बीमा पुलमार्फत् सञ्चालन गरिरहेको छ । यस्तो पुलमा जोखिमको २० प्रतिशत हिस्सा पुनर्बीमा कम्पनीको हुन्छ । बाँकी ८० प्रतिशत हिस्सा जोखिम २० वटा निर्जीवन बीमा कम्पनीलाई बराबर बाँडिन्छ । त्यसो हुन्दा प्रत्येक कम्पनीले  ४÷४ प्रतिशत बराबर जोखिम लिन्छन् । यो हिसाबले कमिसन बाहेक सबै बीमा कम्पनीको खर्च वा आम्दानी बराबर नै हुन्छ । तर, कोरोनाले महामारीकै रुप लियो भने आउने व्ययभारका कारण भर्खरै खुलेका र कमजोर वित्तीय अवस्था रहेका बीमा कम्पनीहरु सुरुमा जोखिममा पर्नसक्ने अवस्था देखिन्छ ।

नेपालमा हालसम्म कोरोना संक्रमित व्यक्तिको संख्या ४ सयभन्दा माथि पुगिसकेको छ । तर परीक्षण अभावले मात्रै यो संख्या देखिएको र वास्तविक संख्या योभन्दा निकै बढी भएको विश्लेषण समेत गरिन्छ । यो झनै भयावह त किन छ भने यसले मुख्यमुख्य शहरका मुख्य बस्तीमै निशाना बनाइरहेको छ । बुधबार कालीमाटी प्रहरीका दुईजनामा कोरोना संक्रमण देखिएपछि अहिले काठमाडौँ नै आतंकित बनेको छ ।

अहिले कोरोना बीमा गर्नेहरु उच्च जोखिममा रहेका नै बढी छन् । संक्रमणपछिको स्वास्थ्य सुरक्षा र सन्तुलित आहारका लागि भन्दै यस्तो बीमाको व्यवस्था गरिएको हो । पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देख्नेबित्तिकै तुरुन्तै दाबी भुक्तानी प्राप्त गर्ने व्यवस्था गरिएको छ । यस्तो अवस्थामा भोलि मागदाबी हुन सुरु भयो भने हामीले नधान्ने अवस्था आउनसक्ने उनीहरुको भनाइ छ । ‘यस्तो अवस्था आयो भने सुरुका केहीले त भुक्तानी पाउलान् । तर पछि बीमा कम्पनी पनि डुब्ने, सबै बीमितले दाबी भुक्तानी पनि नपाउने अवस्था हुन सक्छ ।

के भन्छ बीमा समिति ?

बीमा समिति भने यसलाई नजिकबाट नियालिरहेको बताउँछ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल भन्छन्, ‘अहिलेसम्म बीमा गरिएकामध्ये कसैको पनि मागदाबी परेको छैन । तर हामीले यसलाई नजिकबाट नियालिरहेका छौँ, संक्रमण बढ्दै गएको अवस्थामा के गर्ने हामी विचार गर्छौं ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.