‘सुक्ष्म सावधानी नअपनाए उपत्यकाको अवस्था भयावह हुनसक्ने’
बिहीबार, ०८ जेठ २०७७, ०६ : ४१
काठमाडौं – विश्व महामारी कोरोनाविरुद्ध सुक्ष्म सावधानी नअपनाएको खण्डमा उपत्यकाको स्थिति भयावह बन्न सक्ने औंल्याइएको छ ।
संक्रमित संख्या प्रतिदिन बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई ‘नाका सिल गर्न’ आग्रह गर्ने तयारीसमेत थालेको छ ।
उपत्यकामा लुकिछिपी आवतजावत अझै नरोकिएपछि अवस्था भयावह हुन नदिन सबै नाका सिल गर्नुपर्ने निष्कर्षमा महानगर पुगेको छ ।
काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मंगलबार बसेको बैठकले ‘उपत्यकाको अवस्था भयावह हुनसक्ने’ औंल्याउँदै ‘नाका सिल गर्न गृह मन्त्रालय र जिल्ल प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)
-
ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता