बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हिन्दूस्तान टाइम्सको सम्पादकीय– चिनियाँ समर्थनप्राप्त ओली सत्तासँग नयाँ दिल्ली सतर्क

बुधबार, ०७ जेठ २०७७, १५ : ३३
बुधबार, ०७ जेठ २०७७

नेपालले नयाँ नक्सा जारी गरेसँगै भारतमा खैलाबैला मच्चिएको छ । त्यहाँका सञ्चारमाध्यमले लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय भूमि भएको दाबी दोहो-याएका छन् । यसैबीच चर्चित सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सले विवादबारे सम्पादकीय प्रकाशित गर्दै नेपाल सरकारसँग भारत सतर्क रहनुपर्ने जनाएको छ । सम्पादकीयमा केपी ओली सरकार चिनियाँ इशारामा चलिरहेको आरोप लगाइएको छ । 
यस्तो छ सम्पादकीय – 
पछिल्लो महिना नेपाल र भारतीबीचको सम्बन्धमा बिग्रिएको छ । दुई विषयले यसमा योगदान गरेका छन् । पहिलो, नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद, जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पार्टी नेता तथा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबाट चुनौती समाना गर्नुप-यो । चीनले वार्ताको मध्यस्थता गराएपछि यी नेताबीचको विवाद कम भयो । यदि नेकपामा चिनियाँ लगानी र केपी ओलीलाई प्राप्त समर्थनबारे कुनै दुविधा थियो भने पनि  त्यसलाई खारेज गरियो । यस घटनाक्रमलाई दिल्लीले चुपचाप हे-यो । 

दोस्रो ठूलो सार्वजनिक शृंखला सीमामाथिको विवाद बन्यो । भारतले लिपुलेख पास हुँदै जाने नयाँ सडकको उद्घाटन ग-यो, यो भूभागलाई दुबै देशले आफ्नो दाबी गर्दै आएका छन् । यहाँ दाबी र प्रतिवादको लामो इतिहास छ, तर महत्त्वपूर्ण कुरा यही हो । यो भूभाग भारतको नियन्त्रणमा छ, उसले यसलाई रणनीतिक रुपमा महत्वका साथ हेर्छ र उसले  भौतिक पूर्वाधार विस्तार निरन्तर गर्नेछ । यद्यपी, यो नेपालमा उग्र राष्ट्रवादी राजनीतिको विषय हो । ओलीको आफ्नै राष्ट्रवादी राजनीति (चीनको विषय आउँदा यो बेपत्ता भएजस्तो देखिन्छ), र घरेलु राजनीति विचारकै कारण काठमाडौंले बलियो अडान लियो । सारमा बेइजिङले ओलीलाई सहयोग गर्छ, त्यस्तै घरेलु पक्ष पनि यस विषयमा नेपालले अडान लिनुको कारण हो । खासमा भारत र चीनले २०१५ मा यही क्षेत्र हुँदै व्यापार गर्ने सहमति गरेका थिए, बेइजिङले यस क्षेत्रमा भारतको नियन्त्रणलाई स्वीकारेको थियो । 

नेपालले यथास्थितीको समाधान खोज्नुपर्छ र भारतविरोधी बयान बन्द गर्नुपर्छ । सीमा समस्याबारे संवाद गर्नका लागि सहमत भएर भारतले कुटनीतिक राहत दिनसक्छ । तर दिल्ली सतर्क हुनैपर्छ र चिनियाँ समर्थन प्राप्त ओली सत्ताको निगरानी गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप