शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पीसीआर परीक्षणको दायरा बढाउन सांसदहरुको माग

बुधबार, ०७ जेठ २०७७, १४ : ११
बुधबार, ०७ जेठ २०७७

काठमाडौं । सांसदहरुले देशबाहिर अफ्ठ्यारोमा परेकाहरुको उद्धार गरी पीसीआर परीक्षणको दायरा बढाउनमा माग गरेका छन् । राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले परीक्षण बढाउनुपर्ने, विदेशमा अलपत्र नेपालीहरुको उद्धार गर्नुपर्ने, सम्पूर्ण प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको उचित व्यवस्था गर्न माग गरेका छन् ।

सांसद हरिराम चौधरीले सुदूरपश्चिमको स्वास्थ्य सेवाको अवस्था दयनीय रहेको बताए । अहिले संक्रमित नभएपनि भारतबाट रोजगार गुमाएका नागरिकहरुको लुकिछिपि फर्किने क्रम नरोकिएकाले भोली समस्या हुन सक्ने उनले बताए ।

प्रदेशभरी ५, ६ वटा मात्रै आइसियुसहितका भेन्टिलेटर भएपनि त्यो पर्याप्त नभएको उनले बताए । प्रदेशमा कोरोनाका बिरामी मात्रै नभएर अन्य बिरामीहरु पनि समस्यामा रहेको उनले बताए । उनले प्रदेशमा पीसीआर परीक्षणको दायरा बढाउन आग्रह गरेका छन् ।

सांसद जितेन्द्र नारायण देवले कोरोना भाइरसका विदेशमा अलपत्र नागरिकको तत्काल उद्दारका गर्न आग्रह गरे । प्रतिपक्षी दलले पूर्वाग्रही ढंगले विदेशमा रहेका नेपाली मुद्दा उठाइहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको खण्डन गर्दै उनले जनताको बाँच्न पाउने अधिकारको संरक्षण गर्न आग्रह गरे ।

उनले भने, ‘४०, ४५ लाख नेपालीलाई ल्याउनुहोस् भनेक होइनौँ हामीले रोजगारी गुमेका, खाना नपाएका, स्वदेश आउनेहरुलाई ल्याउनुहोस् भनेका हौं । व्यवस्थित रुपमा परीक्षण गरेर ल्याउनुहोस् । आउन चाहानेहरुलाई नेपाली माटोमा बाँच्न दिउ भनोका हौ ।’

उनले पीसीआर परीक्षणको दायरा बढाउन पनि माग गरे । सांसद शेखरकुमार सिंहले स्थानीय तहहरुमा व्यवस्थित क्वारेन्टाइनको संख्या बढाउन माग गरेको छ । स्थानीय तहहरुले क्वारेन्टाइनमा नपठाएर भारतबाट आएकाहरुलाई सीमा नाकामा टहरा बनाएर राख्ने गरेको उनले बताए ।

अहिले धान र मकै रोप्ने समय भएकाले उन्नत बीउ, मलको समयमै व्जयवस्थापन गर्न पनि उनले माग गरेका छन् । सांसद रामनारायण विडारीले सीमा विवादको विषयमा आफ्ना कुराहरु राखेका छन् । नेपाल र भारतका पूर्व शासकहरुको गल्तीका कारण अहिलेको अफ्ठ्यारो अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले कुटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए ।

पूर्व शासकहरुको हेलचेक्रयाइका कारणले कुटनैतिक रुपमा आफ्ठ्यारो पर्ने, परराट्र नीतिमा अफठ्यारो पार्ने र दुबै देशका सम्बन्धित पदाधिकारीको बीचमा कुराकानी नहुने स्थिति आउन नदिन छिटो समस्या समाधान गर्न उनले आग्रह गरे ।

विडारीले सरकारले गाउँ–गाउँमा किसानहरुका लागि मल, विउ र किटनाशक औषधीको व्यवस्था गर्न माग गरेका छन् । किसानहरुको उत्पादन सरकारले गाउँबाट किनेर वितरण गर्नसके मात्रै भारतबाट तरकारी ल्याउनै पर्ने अवस्थाको अन्त्य हुने उनले बताए ।

जनताहरु लक डाउनमा रहेका बेला मन्त्री, सांसद र नेताहरुले धेरै हिँडडुल गर्नुभन्दा संक्रमण नियन्त्रण र रोकथामका लागि के गर्न सकिन्छ त्यतातिर काम गर्न आग्रह गरे । सांसद विडारीले पास वितरणमा अझै कडाई गर्न गृहमन्त्रालयलाई आग्रह गरेका छन् । २, ४ हजार रुपैयाँ भएका गुण्डाहरुले गाडीका पास लिएर हिँड्ने तर जनतालाई आक्रान्त पार्ने काम नगर्न उनले आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप