नायिका निहारिका सिंहले भनेकी थिइन्, ‘डेटिङका बेला नवाजुद्दिन सिद्दीकीको श्रीमती छिन् भनेर थाहै थिएन’

नवाजुद्दिन सिद्दीकी बलिउडका निकै चर्चित अभिनेता हुन् । यद्यपि, उनको नीजि जीवन भने निकै विवादास्पद रहेको छ । केही समय अघि उनकी श्रीमती आलिया सिद्दीकीले उनलाई सम्बन्धविच्छेदको कागजातपत्र पठाएकी छिन् । विभिन्न अन्तरवार्तामा आलियाले विवाहको सुरुवाती वर्षमा नै समस्या देखिन सुरु भएको बताएकी छिन् । नवाजका दाइले एकपटक उनलाई हिर्काएकोसमेत बताएकी छिन् ।
आलियाका अनुसार नवाजको उनी अघिको विवाह पनि निकै समस्याग्रस्त थियो । वास्तवमा नवाजुद्दिन सिद्दीले एक संस्मरणमा आफू नायिका निहारिकसँग सम्बन्ध रहेको आफैंले खुलासा गरेका थिए । उक्त संस्मरण पछि उनले हटाएका छन् ।
उनले निहारिकाको घरमा पहिलो पटक जाँदाको क्षणलाई संस्मरणमा उतारेका थिए जसमा उनले लेखेका थिए, ‘लगभग सयवटा जति स–साना मैनबत्तीहरु बलिरहेका थिए । उनले भुवादार पहिरन लगाएकी थिइन् । उनी विनाशकारी तवरमा सुन्दर देखिएकी थिइन्, उनको सुन्दरता मैनबत्तीको उज्यालोमा झन् बलिरहेको थियो र मैले विवश भएर उनलाई आफ्नो अँगालोमा बेह्रे । त्यसपछि हामी सिधै बेडरुममा गयौं । हामीले आवेगपूर्ण प्रेम साटासाट गर्यौं ।’
उनले यसमा थपे, ‘म एक स्वार्थी हरामी थिएँ । मेरो साधारण उद्देश्य थियोः उनको घरमा जाने, स्वार्थ पूरा गर्ने र त्यहाँबाट निस्कने । मैले माया–प्रेमका कुरा खासै गरिनँ । यसले उनलाई यो सोच्न बाध्य बनयो कि म एउटा यस्तो घटिया व्यक्ति हुँ जसले आफ्नो बारे मात्रै सोच्छ ।’
निहारिकाले पछि स्पटबोइसँगको एउटा अन्तरवार्तामा नवाजुद्दिनसँग सम्बन्धमा रहँदा आफूलाई उनको विवाह भइसकेको भन्ने बारे कुनै जानकारी नभएको बताइन् । उनले भनिन्, ‘उनको गाउँमा श्रीमती छ भनेर पछि मात्रै थाहा पाएँ । उनले कहिले पनि यसबारे बताएनन् । नवाज कोसँग छन् भनेर थाहा पाउनै मुश्किल हुन्थ्यो किनभने उनले कहिल्यै पनि सीधा जवाफ दिँदैनथे ।’
नवाजुद्दिनसँगको सम्बन्धमा आपसी समझदारी, सम्मान र आधारभूत अपनत्व नभएका कारण तोड्नुपरेको उनले जानकारी दिइन् ।
स्रोतः जुम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक
-
दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन
-
गण्डकीमा कर्मचारीको ज्येष्ठता विवाद: पुरानै नियुक्तिलाई कायम गर्न माग
-
कुन कानुन अन्तर्गत प्रहरीले गाडीको ‘ह्वील लक’ गरे भन्दै सूचना आयोगमा निवेदन
-
नेपाल बार एसोसिएसनको निर्वाचन कार्यक्रम तय