बङ्गालको खाडीमा उत्पन्न चक्रवातको नेपालमा पनि प्रभाव, यस्तो छ मौसमविद्को सुझाव (भिडियो)

काठमाडौँ । बङ्गालको खाडीमा उत्पन्न भएको शक्तिशाली अम्फान चक्रवातको नेपालमा पनि सामान्य असर देखिने मौसमविदले बताएका छन् । गत शनिवारदेखि सुरु भएको यो चक्रवात आजदेखि जमिनमा ठोक्किएर आउँदो शनिवारसम्म यसको प्रभाव रहने जनाइएको छ ।
जलसहितको आँधीले सबैभन्दा धेरै वङ्गालादेशमा प्रभाव पार्ने जनाइको छ । १५५ देखि १८५ किलोमिटरसम्म प्रतिघण्टाको दरमा अगाडि बढ्ने यो चक्रवातले भारतमा समेत असर पार्नेछ । यो बंगालको खाडीबाट उत्तरपूर्वतर्फ क्रमश सर्दै आएको भारतीय मौसमविदहरुले जनाएका छन् । यो सामुन्द्रीक आँधीबाट बंङ्गलादेश र भारतका लाखौँ मानिहरु घरबार बिहिन हुने अनुमान गरिएको छ ।
नेपालमा कम प्रभाव : हुरी, वर्षा र चट्याङको सम्भावना
अम्फान चक्रपातको प्रत्यक्ष प्रभाव समुन्द्र तटीय क्षेत्रमा पर्ने भएपनि त्यसको अप्रत्यक्ष प्रभाव नेपालको पूर्वी तथा मध्य क्षेत्रसम्म पर्ने मौसमविद् वरुण पौडेलले जनाएका छन् । दुई तीन दिनसम्म आकाशमा बादल लाग्ने, वर्षा तथा चट्याङ पर्ने जस्ता असर देखिनेछ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् पौडेलले वर्षा तथा हिमपात, चट्याङ्को पनि सम्भावना रहेका कारण सुरक्षित हुन आग्रह गरेका छन् ।
रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘पूर्वी तथा मध्यभागमा बादल लाग्ने र हल्कादेखि मध्मम खालको वर्षा हुनेछ । यसका साथै चट्याङ र हावाहुरीको पनि सम्भावना रहन्छ । पूर्व र मध्य क्षेत्रको उच्च पहाडी भूभागमा हिमपातको पनि सम्भावना रहेको हुनाले आम सर्वसाधारण सचेत हुनुपर्ने अवस्था आएको छ ।’
अरेवियन सागर र बङ्गालको खाडीमा हरेक वर्ष यस किसिमका चक्रवात हुने र नेपालमा त्यसको प्रभाव पर्ने उनले बताए । नेपालमा स्थानीय वायुको सहयोगमा बङ्गलादेशमा उत्पन्न चक्रवातका कारण नेपालमा हावाहुरी सुरु भएकोले यस्तो बेला चट्याङ पर्ने भएकोले वन जङ्गल नजाने, विद्युतीय उपकरणहरु बन्द गर्ने, खोला नाला बढ्न सक्ने भएकोले सचेत हुन मौसमविदको आग्रह छ ।
हेर्नुहोस भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम आक्रमणपछि भारतमा १० लाख साइबर हमला
-
नेविसंघको म्याद सकिएको अनुशासन समितिले सोध्यो ६ नेतालाई स्पष्टीकरण
-
स्वास्थ्य बीमालाई अझै विस्तार गर्दै सरकार, जनप्रतिनिधि र कर्मचारीले बीमा गर्नैपर्ने
-
शिक्षक आन्दोलनपछि सरकारी स्कुल खुल्दा जे देखियो
-
भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले आज
-
सुनको मूल्य स्थिर, चाँदीको घट्यो