आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

ट्रम्पले भने, ‘संक्रमित धेरै हुनु राम्रो कुरा, यो हाम्रा लागि सम्मानको तक्मा झैं हो’

बुधबार, ०७ जेठ २०७७, ०९ : ४६
बुधबार, ०७ जेठ २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले देशमा कोरोना संक्रमण संसारको सबैभन्दा धेरै हुनु सम्मानको कुरा भएको बताएका छन् । उनले ह्वाइट हाउसमा सोमबार सो कुरा बताएका हुन् ।

पत्रकार सम्मेलनमा उनले भने, ‘जब तपाईंले हामीलाई संक्रमितको संख्या संसारकै धेरै छ भन्नुहुन्छ भने मलाई यसमा केही नराम्रो लाग्दैन । यसको अर्थ यो हो कि हामीले अन्य देशले भन्दा अत्यधिक धेरै परीक्षण गरेका छौं । म यसलाई एक विशेष मामलामा सम्मानको रुपमा हेर्छु । यो राम्रो कुरा हो किनभने यसमार्फत् पत्ता लागेको छ कि हाम्रो परीक्षण निकै राम्रो छ । त्यसकारण यसलाई म एउटा सम्मानको तक्माको रुपमा हेर्छु । साँच्चै नै यो सम्मानको कुरा हो ।’

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार अमेरिकामा हालसम्म १५ लाख ७० हजार ५ सय ८३ जना संक्रमित छन् भने यहाँका ९३ हजार ५ सय ३३ जनाको मृत्यु भइसकेको छ ।

ट्रम्पको यो बयानलाई डेमोक्रेटिक नेशनल कमेटीले गरेको थियो आलोचना

डेमोक्रेटिक नेशनल कमेटीले ट्रम्पको यो बयानको आलोचना गरेको छ । कमेटीले ट्वीट गरेको छ, ‘१० लाख बढी कोरोना संक्रमित भेटिनु भनेको हाम्रो देशको नेतृत्व पूर्ण रुपमा असफल भएको पुष्टि हो ।’

अघिल्लो हप्ता सिनटको बैठकमा पनि यसबारे प्रश्न उठाइएको थियो । रिपब्लिकका प्रतिनिधी मिट रोम्नीले भनेका थिए, ‘देशमा गरिएको परीक्षण पर्याप्त छैन । हाम्रोमा फेब्रुअरी, मार्चमा कोरोना संक्रमण देखिएको थियो । यो हिसाबले हेर्ने हो भने परीक्षण पर्याप्त छैन । हामीले यसमा खुसी हुनुपर्ने केही कुरा छैन ।’

हालसम्म १ करोड बढीको परीक्षणः

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार मंगलबारसम्म अमेरिकामा १ करोड ६० लाखको परीक्षण भएको छ । अक्सफोर्ड युनिभर्सिटी आधारित एक साइन्टिफिक पब्लिकेशनका अनुसार अमेरिकाको प्रति व्यक्ति परीक्षणको आधारमा अमेरिका निकै पछाडि छ । प्रत्येक १ हजार व्यक्तिको परीक्षणको मामलामा यो संसारको १६ औं स्थानमा छ । यो सूचीमा यो देश आइसल्याण्ड, न्यूजिल्याण्ड, रुस र क्यानडाजस्ता देशभन्दा पछाडि छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप