बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेको इन्स्योरेन्सको कोभिड १९ बीमा पोलिसी

मङ्गलबार, ०६ जेठ २०७७, २० : ५४
मङ्गलबार, ०६ जेठ २०७७

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले हाल नयाँ ब्यवस्थापनका साथ ग्राहकहरुलाई छिटो छरितो बीमा सेवा प्रदान गर्दै बीमा प्रति आम जनसमुदायको सकारात्मक धारणा बनाउँदै विश्वास जित्ने प्रयत्न गरिरहेको छ । 

हाल विश्वमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्दो क्रममा रहेको छ । यसको संक्रमण फैलिन नदिनको लागि सरकारद्वारा जारी निर्देशनको सबैले पालना गर्नु आवश्यक छ । 

कोरोना संक्रमण पुष्टी भएमा बीमांक रकम उपलव्ध गराउने गरी बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले तयार गरेको कोरोना भाइरस (कोभिड १९) रोग बीमालेखको आकर्षण पनि क्रमशः बढ्दै गएको छ ।

यसै क्रममा महालक्ष्मी विकास बैंकले उक्त बैंकमा कार्यरत ८१३ जना कर्मचारीहरुको प्रति ब्यक्ति रु.५०,००० बीमांकको कोभिड १९ बीमा यस कम्पनीमा गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप