बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको अवधिमा गाडीको बीमा प्रिमियममा छुट

मङ्गलबार, ०६ जेठ २०७७, २० : ०६
मङ्गलबार, ०६ जेठ २०७७

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउन अवधिमा सवारी साधनको बीमा शुल्कमा दुई तिहाई छुट हुने भएको छ । 

बीमा समितिले सबै निर्जीवन बीमा कम्पनीहरुलाई चैत ११ गतेदेखि लकडाउन खुला हुने अवधिसम्म सवारीसाधनको बीमा शुल्कमा २ तिहाई छुट दिन निर्देशन दिएको हो । बाँकी एक तिहाई रकम भने थन्किएको अवस्थामा हुनसक्ने जोखिमका लागि कायमै राख्ने निर्णय समेत बीमा समितिले गरेको छ ।

बीमा समितिले मोटर बीमासम्बन्धी निर्देशिकाको व्याख्या गर्दै सो अवधिमा बीमा शुल्क छुन दिने व्यवस्था गरेको हो । तर, लकडाउनको अवधिमा अत्यावश्यक सेवाका लागि पास लिएका सवारी साधनको हकमा पास नपाएर थन्किएको अवधिमा लागि मात्रै त्यस्तो छुट लागु हुने समेत सकितिले जनाएको छ । तर त्यसरी छुट दिँदा नबीकरणबापत लाग्ने शुल्कमा छुट दिनु भने नपर्ने जनाइएको छ । 

यस्तो छुट यात्रु बीमा, कर्मचारी बीमा र तेस्रो पक्ष बीमाको हकमा समेत लागु हुने समितिले जनाएको छ । त्यस्तो छुट नवीकरण गर्दाको समयमा बीमितले प्राप्त गर्नेछ । यदि अर्को बीमकबाट नवीकरण गराउने हो भने त्यस्तो बीमितलाई बीमकले छुट रकमको प्रमाणपत्र उपलब्ध गराउनुपर्ने समेत समितिको निर्देशनमा उल्लेख छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप