चीनले भन्यो – कालापानी समस्या समाधानका लागि नेपाल–भारतले एकपक्षीय कदम बन्द गर्नुपर्छ

कालापानी सीमा विवाद नेपाल र भारतको सरोकारको विषय भएको भन्दै चीनले दुई छिमेकीले एकपक्षीय कदम बन्द गरेर मैत्रिपूर्ण संवादमार्फत आफ्नो विवाद हल गर्ने आशा व्यक्त गरेको छ ।
नेपाल–भारत सीमा विवादबारे भारतीय सेनाका प्रमुख जनरल एमएम नरमानेले दिएको अभिव्यक्तबारे मंगलबार सोधिएको प्रश्नमा चिनियाँ विदेशमन्त्री झाओ लिजियानले यस्तो जवाफ दिएका हुन् ।
यसअघि नरभानेले नेपालले अरु कसैको उक्साहटमा आएर भारतले लिपुलेकमा गरेको सडक उद्घाटनको विरोध गरेको विवादास्पद अभिव्यक्त दिएका थिए ।
‘कालापानी नेपाल र भारतबीचको विषय हो र हामीलाई आशा छ दुई देशले आफ्नो विवाद सही तरिकाले मैत्रिपूर्ण परामर्शमार्फत हल गर्नेछन्,’ झाओले भने ।
उनले अवस्थालाई असहज बनाउने सबैखाले एकतर्फी कदम नेपाल र भारतले गर्न नहुने पनि बताए ।
यसअघि नेपाली भूमी हुँदै चीनसँग जोडिनेगरी भारतले निर्माण गरेको ८० किलोमिटर लामो सडकको उद्घाटन भारतीय रक्षामन्त्री राजनाथ सिंह गरेका थिए ।
नेपालले यस विषयमा कडा आपत्ति जनाएको छ । भर्खरै, सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समावेश गरेर नयाँ नक्सा जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा