चीनले भन्यो – कालापानी समस्या समाधानका लागि नेपाल–भारतले एकपक्षीय कदम बन्द गर्नुपर्छ
कालापानी सीमा विवाद नेपाल र भारतको सरोकारको विषय भएको भन्दै चीनले दुई छिमेकीले एकपक्षीय कदम बन्द गरेर मैत्रिपूर्ण संवादमार्फत आफ्नो विवाद हल गर्ने आशा व्यक्त गरेको छ ।
नेपाल–भारत सीमा विवादबारे भारतीय सेनाका प्रमुख जनरल एमएम नरमानेले दिएको अभिव्यक्तबारे मंगलबार सोधिएको प्रश्नमा चिनियाँ विदेशमन्त्री झाओ लिजियानले यस्तो जवाफ दिएका हुन् ।
यसअघि नरभानेले नेपालले अरु कसैको उक्साहटमा आएर भारतले लिपुलेकमा गरेको सडक उद्घाटनको विरोध गरेको विवादास्पद अभिव्यक्त दिएका थिए ।
‘कालापानी नेपाल र भारतबीचको विषय हो र हामीलाई आशा छ दुई देशले आफ्नो विवाद सही तरिकाले मैत्रिपूर्ण परामर्शमार्फत हल गर्नेछन्,’ झाओले भने ।
उनले अवस्थालाई असहज बनाउने सबैखाले एकतर्फी कदम नेपाल र भारतले गर्न नहुने पनि बताए ।
यसअघि नेपाली भूमी हुँदै चीनसँग जोडिनेगरी भारतले निर्माण गरेको ८० किलोमिटर लामो सडकको उद्घाटन भारतीय रक्षामन्त्री राजनाथ सिंह गरेका थिए ।
नेपालले यस विषयमा कडा आपत्ति जनाएको छ । भर्खरै, सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समावेश गरेर नयाँ नक्सा जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण