बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

४१ जनाको स्वाब संकलन गरी पठाइयो

मङ्गलबार, ०६ जेठ २०७७, १८ : १६
मङ्गलबार, ०६ जेठ २०७७

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाबाट ४१ जनाको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि हेलिकप्टरमार्फत जुम्ला ल्याइएको छ । 

सांसद छक्क बहादुर लामा र कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलको पहलमा नाम्खा गाउँपालिकाबाट ४१ जनाको स्वाव संकलन गरी थप परीक्षणका लागी कर्णाली विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको हो । 

वडा पाँच यारीबाट ३३ जना र वडा चार याल्वाङ्गबाट ८ जना गरेर ४१ जनाको स्वाव संकलन गरेर जुम्ला पठाइएको हो । 

सम्बन्धित क्वारेन्टाइनमा बसेकाहरुको आडिटी किटबाट परीक्षण गर्दा किटले राम्रो काम नगरेपछि आजै प्रदेश सरकारले हेलिकप्टर ल्याएर  नाम्खा गाउँपालिकाबाट स्वाव संकलन गरी कर्णाली विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीले बताए । 

स्वाब संकलनका लागि कर्णाली विज्ञान प्रतिष्ठानबाट निर्देशक डा मंगल रावल, रजिष्टार विश्वराज काफ्ले र सामाजिक विकास मन्त्रालयबाट लक्ष्मी नारायण तिवारीको टोली हुम्ला पुगेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप