बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

५९ जना कोरोना संक्रमितद्वारा आइसोलेसनमा बस्न अस्वीकार

मङ्गलबार, ०६ जेठ २०७७, १७ : ५६
मङ्गलबार, ०६ जेठ २०७७

बाँकेको नरैनापुर गाउँपलिकामा आइतबार २५ वर्षीय युवकको कोरोनासंक्रमणको कारण मृत्यु भएपछि उनीसँगै रहेका  ५९ जनाकोरोना संक्रमितले आइसोलेसनमा जान अस्वीकार गरेका छन् ।

संक्रमितलाई नेपालगञ्जको कोहलपुरस्थित कृषि विकास बैङ्कको तालिम केन्द्रमा राख्ने निर्णय भएपनि संक्रमित जान नमानेको जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

संक्रमितहरुले स्थानीय तहमै बस्ने बताएपछि समस्या भएको उनले बताए । आइसोलेसनका बारेमा पनि छलफल भइरहेको उनको भनाइ छ ।

१ लाख जना कोरोना संक्रमितलाई व्यवस्थित तरिकाले राख्न सकिने क्षमता स्वास्थ्यतथा जनसंख्या मन्त्रालयसँग भएको मन्त्रालयका कर्मचारीले विभिन्न मिडियामार्फत् भन्दै आएका छन् । तर, वास्तविकता भने फरक देखिएको छ ।

बाँकेको नरैनापुर गाउँपलिकामा आइतबार २५ वर्षीय युवकको कोरोना संक्रमणको कारण मृत्यु भएपछि उनीसँगै रहेका  ५९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । पुष्टि भएपछि पनि करिब १८÷१९ घण्टा कोरोना संक्रमित र नभएका सँगै बस्न बाध्य बनेका थिए ।

 ५९ जनामा कोरोनासंक्रमण भएको सोमबार पुष्टि भएपनि मंगलबार बिहान क्वारेन्टाइनमा बसेकामध्ये को संक्रमित हुन् या होइनन् भन्ने बारेमा अन्यौल भएको समेत नरैनापुर गाउँपलिका एक जना जनप्रतिनिधिले बताए । मंगलबार मात्रै संक्रमितलाई छुट्टै विद्यालयमा राखिएको हो ।

भारतबाट गाउँमा एकैचोटी धेरै युवा फर्किदा कोरोनाभाइरसको संक्रमणको बारेमा उनीहरुमा जनचेनता फैलन नसकेको नरैनापुर गाउँपलिकाका प्रमुख इश्तियाक अहमद साहले बताए ।

‘एकै पटकमा धेरै जनामा फैलियो यहाँ,’ उनले भने, ‘जनचेनताको हिसावले पिछाडिएको क्षेत्र हुँदा गाउँमा कोरोनाको बारेमा धेरै कमलाई मात्रै पूर्णरुपमा जानकारी छ ।’

नरैनापुर–५ को दीपेन्द्र प्राविको क्वारेन्टाइनलाई बसेकालाई ५९ जनालाई पुष्टि भएपछि मंगलबारमात्रै नजिकैको स्कुलमा सारिएको उनले बताए ।

भारतबाट घर फर्किएकालाई क्वारेन्टाइनमा मापदण्ड पु¥याएर गाउँपालिकाले राख्न समस्या भएको समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप