स्वर्गीय कवि भेषबहादुर कुँवर “प्रयासी” को स्मृतिमा “हाम्रो पुरुषार्थ” बिशेषांक प्रकाशित
कवि भेषबहादुर कुँवर “प्रयासी”को वार्षिक तिथिको अवसर पारेर गुल्मी जिल्लाको सदरमुकाम तम्घास स्थित किरण पुस्तकालयले हाम्रो पुरुषार्थ कवि “प्रयासी” स्मृति अंक प्रकाशन गरेको छ । कवि “प्रयासी” ले जिल्ला र क्षेत्रीय स्तरमा शिक्षा, साहित्य, लोक संगीत र समाजसेवामा करिव ५० वर्ष अनवरत रुपमा योगदान पुर्याउनुभएको थियो । राष्ट्रिय तहमा पनि कवि “प्रयासी” का विभिन्न लोक गीतहरुको रेकर्ड भई रेडियो नेपालबाट प्रसारण भएका थिए ।
कवि “प्रयासी” को जन्म २००५ साल भदौ १९ गतेका दिन भएको थियो भने उहाँले ७२ वर्षको उमेरमा २०७६ साल जेठ १७ गतेका दिन मृत्युवरण गर्नु भएको थियो । सादगीपूर्णजीवनका उत्प्रेरक उहाँले शिक्षण सेवामा ३४ वर्ष,किरण पुस्तकालयबाट त्रैमासिक रुपमा प्रकाशित हुने हाम्रो पुरुषार्थको सहायक सम्पादकका रुपमा ४५ वर्षर नेपाल स्काउटको जिल्ला कार्य परिषद्को जिल्ला आयुक्तको रुपमा २० वर्ष योगदान पुर्याउनु भएको थियो । उहाँका महत्वपूर्ण प्रकाशित काव्य कृतिहरु “बादल”, “बाईस तरङ्ग”, “घुम्तीहरुका आभास” र “मेरा केही अनुभूतिहरु”रहेका छन् ।
नेपाली साहित्यका प्राध्यापक एवं समालोचक पदमप्रसाद पाण्डे कवि प्रयासीलाई “प्रकृतिका गायक” र“प्रकृतिप्रेमी कवि” को रुपमा स्मरण गर्दछन् ।कवि प्रयासीका कृतिहरुको गहन अध्ययन विश्लेषण गरेका पाण्डेले बिशेषांकमा कवि प्रयासीका कृतिहरुको समालोचना गर्दै लेख्दछन् :
“उनका उपलब्ध कविताहरूको सर्सर्ती अध्ययन गर्दा उनका कवितामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्वच्छन्दतावादी शैलीको प्रभाव रहेको प्रतीत हुन्छ । गायकका रूपमा उनमा धर्मराज थापाको झझल्को मिलेझैं कवितामा देवकोटाको झल्को पाउन सकिन्छ । उनका कविताहरू निजीजीवन भोगाइको अभिव्यक्तिमा मात्र सीमित नरही राष्ट्रिय सन्दर्भ र युग जीवनको अभिव्यक्तिसम्म विस्तारित भएका छन् । प्रकृतिप्रेम र अतीतप्रेमको रोमान्सेली भावका साथै उच्च भावनात्मकता, कारूणिकता र मानवताको प्रयोगले कवि ‘प्रयासी’ स्वच्छन्दतावादी कवि ठहर्छन् । माटोप्रतिको ममता, श्रमप्रतिको आस्था, बेथिति र शोषणप्रतिको आक्रोश, निन्न वर्गीय जीवन भोगाइको अभिव्यक्ति, गरिबी र अभावको पीडा, इतिहास र पुर्खाप्रतिको गौरव, अग्रजप्रतिको सम्मान, भाषिक सरलता, वैचारिक गहनता र जीवनवादी दृष्टिकोण कवि ‘प्रयासी’का मूल काव्यप्रवृत्ति मान्न सकिन्छ ” ।
अहिले कोरोनाले विश्वभर सिर्जना गरेको अप्ठ्यारो परिस्थितिमा यो स्मृति अंक प्रकाशित गरेतापनि परिस्थिति सामान्य भएपछि मात्र लोकार्पण गरी पाठकहरु माझ प्रस्तुत गरिने हाम्रो पुरुषार्थ सम्पादक शशि पन्थीले बताउनु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर