शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘गाजा एडिक्ट’ युट्युवमा

मङ्गलबार, ०६ जेठ २०७७, १५ : ४७
मङ्गलबार, ०६ जेठ २०७७

काठमाडौं । कोरोनाको कहरका कारण ठुलापर्दा फिल्म रिलिज, छायाँकन लगायत सबै काम रोकिएका छन् । धेरै पहिले निर्माण भएर सार्वजनिक प्रदर्शनमा समेत आइसकेका फिल्म युट्युवबाट सार्वजनिक हुनु बाहेक अहिले ठुला पर्दाका फिल्मको कुनै पनि गतिविधि भएको छैन । 

यस्तो समयमा युट्युव तथा महोत्सवका लागि लक्षित गरेर भने विभिन्न छोटा फिल्म बन्ने र सार्वजनिक हुने क्रम भने दिन प्रतिदिन बढ्दो छ । यस्तैमा रोशन दाशको निर्देशनमा दुई छोटो फिल्म बनेको छ । फिल्म हुन ‘ओयजा’ र ‘गाजा एडिक्ट’ । 

रेज इन्टरटेनमेन्टको प्रस्तुति रहेको छोटो हरर फिल्म ‘ओयजा’ को अहिले टिजर मात्र सार्वजनिक गरिएको छ । फिल्ममा रोशन, अनिश, सुनिल, विशाल केसी र कमला तामाङको अलवा बाल कलाकार गुनगुन दासको समेत अभिनय रहेको छ । 

फिल्म छिट्टै नै युट्युवमार्फत सार्वजनिक गर्ने निर्देशक दासले बताए । यस्तै ‘गाजा एडिक्ट’ भने युट्युवमा सार्वजनिक भएको छ । लागूपदार्थ प्रयोगकर्ताको जीवनमा आउने उतार चढावको विषयमा निर्माण भएको यो फिल्ममा  कलाकार सुनिल गजमेर, अनिश पञ्च र सन्दिप कपालीको अभिनय देख्न सकिन्छ ।

लकडाउनको समय मानिसलाई घरमै टाइमपास गर्न सजिलो होस् भन्ने हेतुले छोटा फिल्महरु युट्युवमार्फत सार्वजनिक गरिरहेको निर्देशक दासले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप