केन्द्रीय संस्करण

फेरि बन्यो चलचित्र ‘घर’

person explore access_timeजेठ ६, २०७७ chat_bubble_outline0

काठमाडौं । सफल निर्देशन दीपेन्द्र के खनालले केही अगाडि ‘घर’ नामबाट चलचित्र निर्माण गरेका थिए । हरर बिषय वस्तुमा निर्माण भएको दीपेन्द्रले उक्त फिल्मको निर्देशन कलाकार समेत रहेका अनुप बरालले गरेका थिए । सार्वजनिक प्रदर्शनबाट फिल्मले नाफा पनि कमाउन सफल भएको थियो ।

घर नामबाटै अहिले फेरि छोटो फिल्म निर्माण भएको छ । नेत्र इन्टरटेनमेन्टको प्रस्तुति तथा नेत्र गुरुङको लेखन, निर्देशनमा यो फिल्म तयार भएको हो । फिल्मको पोष्टर अहिले सार्वजनिक गरिएको छ । रोहन नेपाली, बिजयराज अधिकारी, सुशन श्रेष्ठ, भरत छन्त्याल, पूर्ण जिसी, हिमा जिसी, साधना शर्मार्का अभिनय रहेको यो फिल्ममा प्रकाश गुरुङ ‘काश’को छायाँकन र अजयराज अधिकारीको निर्माण रहेको छ ।
फिल्म प्लेटफर्ममा छिट्टै प्रदर्शनमा ल्याउने र त्यसपछि देशविदेशको महोत्सवमा पठाउने निर्माण युनिटले जनाएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.