बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नवाजुद्दीन सिद्दीकीसँग सम्बन्धविच्छेद माग्नुको कारणबारे बोल्दै श्रीमती भन्छिन्, ‘म सधैं एक्लो महसुस गर्थेँ, आत्मसम्मान गुमेको थियो’

मङ्गलबार, ०६ जेठ २०७७, १४ : ३६
मङ्गलबार, ०६ जेठ २०७७

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीसँग सम्बन्धविच्छेद माग गरिरहेकी उनकी श्रीमतीले अब आफ्नो वास्तविक नाम अञ्जना किशोर पाण्डेसहित अघि बढ्ने निर्णय गरेको बताएकी छिन् ।

भारतीय सञ्चारमाध्यमसँगको एक कुराकानीमा उनले भनिन्, ‘म पुनः आफ्नो वास्तविक पहिचान अञ्जना किशोर पाण्डेमा आइपुगेकी छु । ’

दोस्रो विवाहको कुनै इच्छा छैनः

अञ्जनालाई विश्वास गर्ने हो भने उनी अघि त बढ्न चाहन्छिन् तर दोस्रो विवाहको कुनै इच्छा छैन । उनी भन्छिन्, ‘मलाई दोस्रो विवाह गर्न आवश्यक छैन । ’

यद्यपि, अञ्जना छोराछोरीको कस्टडी उनैले पाउनुपर्ने कुरामा आशावादी छिन् । उनी भन्छिन्, ‘मैले उनीहरुलाई हुर्काएकी छु र म उनीहरुको कस्टडी चाहन्छु ।’


सम्बन्धविच्छेदको कारणः

अञ्जनालाई विश्वास गर्ने हो भने उनको र नवाजबीच थुप्रै मुद्दा छन् । तर उनी यसलाई सार्वजनिक गर्न चाहन्नन् । उनी भन्छिन्, ‘एक दशकसम्म सँगै बसेपछि हाम्रो सम्बन्ध चिसियो । दुई महिनाको लकडाउनमा मैले आफूले आफैलाई थुप्रै सवाल जवाफ गर्ने मौका पाएँ । विवाहमा आत्मसम्मान निकै महत्वपूर्ण हुन्छ र त्यो मेरो समाप्त भइसकेको थियो ।’

अञ्जनाले थपिन्, ‘मेरो आत्मसम्मान गुमेको थियो । मलाई यस्तो लाग्थ्यो कि म कोही पनि होइन । सधैंभरी एक्लो महसुस गर्थेँ । उनको भाइ शम्सले समस्या झन् थपेका थिए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप