शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुदुरपश्चिम प्रदेशमा गरिएको आरडीटी टेस्टमा १२ जनामा देखियो कोरोना पोजिटिभ

सोमबार, ०५ जेठ २०७७, २१ : ५८
सोमबार, ०५ जेठ २०७७

कैलाली । सुदुरपश्चिम प्रदेशमा  कोरोनाभाइरस सङ्क्रमणको आरडीटी विधिबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजिटिभ देखिएको छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा आरडीटी विधिबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना १९ पोजिटिभ देखिएको हो । 

उनीहरुको स्वाव संकलन गरी पिसिआर विधिबाट जाच गर्ने कार्य भइरहेको जनाएको छ । १८ हजार ८५९ जनामा आरडिटी परिक्षण गर्दा १८ हजार ८४७ जनाको रिपोट नेगेटिभ छ भने १२ जनामा मात्र पोजिटिभ देखिएको छ ।

सामाजिक विकास  मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले आज गरिएको कोभिड १९ को मिडिया ब्रिफिङ्गमा सो कुरा को जानकारी दिएको हो । त्यसै गरी विभिन्न अस्पतालमा कोभिड १९ को आशंकामा १५ जनालाई आइसोलसनमा राखी उपचार भइरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह काक्रीले बताए ।

 सेती प्रादेशिक अस्पताल धनगढीमा ५ ,टिकापुर अस्पतालमा ४,  जिल्लाअस्पताल बझाङ्गमा १  ,डोटी १ ,बाजुरा ३ ,डडेल्धुरा अस्पतालमा १ जना गरी १५ जना को आईसोलेसनमा उपचार भइरहेको उनले बए । 


यसअघि नै १५४ जना भने आइसोलेसनको उपचार पछि निको भई घर गइसकेको उनले बताए । पिसिआर विधिवाट ३८३७ स्वाव संकलन गरिएको मध्ये ३६४३ को जाच गरिएको स्वास्थ्य महाशाखा प्रमुख काक्रीले रातोपाटी लाई जानकारी दिए । जाच गरिएका नमुना मध्ये ३६३८ जना को नतिजा नेगेटिभ छ भने ५ जनामा मात्र पोजिटिभ आएको उनले बताए । 

यसअघि नै पोजिटिभ ५ जना निको भएर घर गइसकेका छन उनले भने अझै पनि १६६० जना क्वारेन्टाइनमा छन् । जस मध्ये १४९२ जना पुरुष छन भने १६८ जना महिला रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप