शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नुवाकोटमा ४ दर्जन पीपीई सेट र मास्क वितरण

सोमबार, ०५ जेठ २०७७, २१ : १८
सोमबार, ०५ जेठ २०७७

विश्वव्यापी कोरोना महामारीबीच समाजसेवी शिव अधिकारी अविरलको पहलमा नुवाकोटका तीनवटा गाउँपालिकामा चार दर्जन पीपीई सेट र २३ हजार मास्क वितरण गरिएको छ ।

लकडाउनअघिदेखि नै जिल्लामा कोरोना प्रतिरोधि अभियान चलाएका राष्ट्रिय पर्यटन पत्रकार संघ तथा गन्तव्य नेपाल ग्रुपका अध्यक्ष समेत रहेका अधिकारीको पहलमा पटकपटक गरी नुवाकोटका तारकेश्वर, किस्पाङ र म्यागङ गाउँपालिकामा सेवामा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि ४ दर्जन पिपिई सेट हस्तान्तरण गरिएको छ । 

यसैगरी उनले हालसम्म तारकेश्वरसँगै किस्पाङ र म्यागङमा गरी २३ हजार थान मास्क वितरण गरिएको जनाए । यो क्रम अझै जारी रहेको उनले बताएका छन् । 

अधिकारीको संयोजनमा पिपिई र मास्कका अतिरिक्त तीनवटै गाउँपालिकामा ग्लब्स, स्यानिटाइजर, साबुनलगायत स्वास्थ्य सुरक्षा र सरसफाइका सामग्रीसमेत वितरण भइरहेको छ । 

"स्वास्थ्य सामग्रीसँगै हामी गाउँ-गाउँमा सचेतना बाँडिरहेका छौँ," गाउँ-गाउँमा स्वयंसेवक खटाएर कोरोनाबारे सचेतनाका कार्यक्रम चलाइरहेका जानकारी दिँदै अधिकारी भन्छन्, "नुवाकोटवासीलाई कोरोना रोकथाममा सघाउने यो हाम्रो सानो प्रयास मात्र हो ।" 

पाँच साताको लकडाउनपछि काठमाडौंमा थुनिएकाहरुको गुजारा कठिन हुँदै गएको भन्दै सरकारले स्थानीय तहसँगको समन्वयमा राजधानी छाडेर घर फर्किन चाहनेलाई जान दिने नीति लिएका बेला पनि उनले एक दर्जन बस निःशुल्क नुवाकोट पठाएका थिए । 

नुवाकोटबाहेक अधिकारीले यसपटक काठमाडौंका श्रमिकहरुको पीडामा समेत मल्हम लगाउने प्रयास गरे । गत साता उनकै पहलमा दुई महिनादेखि लकडाउनको मार खेपिरहेका ठमेल आसपासका श्रमिकलाई राहतस्वरुप विभिन्न खाद्यसामग्री वितरण गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप