कोरोनाले साउदी अरबमा ४ नेपालीको ज्यान गयो
युएई । खाडी मुलुक मध्य साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) कारण ४ नेपालीले ज्यान गुमाएका छन्।
पछिल्लो तथ्याङ्क अनुसार साउदीमा कोरोना संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुगेको छ । जसमा ११ जना महिला र अन्य पुरुष नेपाली कोरोना संक्रमित भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासका अनुसार यो हालसम्मकै सबैभन्दा धेरै संक्रमित नेपालीको संख्या हो भने मृत्यु हुनेको विवरण दुतावासले औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन। कोरोनाबाट संक्रमण हुने यति धेरै नेपाली संख्या खाडीको पोहिलो मुलुक साउदी अरब बनेको छ।
साउदी सरकारले यो अवस्थामा भाइरस नियन्त्रणको लागि कडा नियम बनाउनुको साथै कडाई पनि गरेको छ।आगामी २३ मे देखि २७ मे सम्म पूरा देश २४ घण्टे कर्फ्युको घोषणा गरेको छ ।
यसबीचमा विभिन्न कारणले मृत्यु भएका ३७ भन्दा बढि नेपाली कामदारको शव साउदीमा अलपत्र अबस्थामा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
-
दोस्रो जनआन्दोलनले गर्भे टुहुरो बनायो विजयराज पाण्डेलाई
-
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह