शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आशा लघुवित्तले पनि गर्यो आफ्ना कर्मचारीको कोरोना बीमा

सोमबार, ०५ जेठ २०७७, १७ : ५३
सोमबार, ०५ जेठ २०७७

काठमाडौं– आशा लघुवित्त वित्तीय संस्थाले आफ्नो सम्र्पूण (स्थायी, करार, प्रशिक्षार्थी तथा दैनिक ज्यालादार कामदार) कर्मचारीहरुको कोरोना माहामारी बिरुद्धको बीमा गरेको छ । 

वित्तीय संस्थामा काम गर्ने हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) विरुद्धको बीमा गरेको हो ।वित्तीय संस्थाले प्रभु इन्स्योरेन्समार्फत कोरोना बीमा गरेको हो ।

बीमा भएपश्चात अब वित्तीय संस्थामा कार्यरत कुनै पनि कर्मचारीहरुमा कोरोनाभाइरस परिक्षण गर्दा पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकेबमोजिमको रकम सम्बन्धित कर्मचारीलाई क्षतिपुर्ति स्वरुप प्रदान गर्ने कुरा वित्तीय संस्थाले जानकारी गराएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप