शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनले मानसिक स्वास्थ्यमा ‘सुनामी’ ल्याउने, बालबालिका र वृद्धवृद्धा चपेटामा

सोमबार, ०५ जेठ २०७७, १६ : ४९
सोमबार, ०५ जेठ २०७७

लकडाउनको समय गुम्सिएर बसेका समस्याले मानसिक स्वास्थको सुनामी ल्याउनसक्ने चेतावनी मनोविदहरुले दिएका छन् । विद्यालय बन्द, सेल्फ–आइशोलेसन र अस्पतालप्रतिको भयका कारण बालबालिका र वृद्धवृद्धाले आफुलाई आवश्यक सहयोग नपाएको भन्दै उनीहरु चिन्तित छन् ।

‘हामीले अहिल्यै कोभिड–१९ का कारण मानसिक स्वास्थ्यमा विध्वंश देखेका छौँ र धेरै मानिस संकटमा छन्,’ रोयल कलेज अफ साइक्यारिस्टका अध्यक्ष प्रोफेसर विन्डी बर्न भन्छन्, ‘तर अहिले हाम्रो चिन्ता ती व्यक्तिहरुबारे छ, जसलाई सहयोगको आवश्यकता भएर पनि पाउन सकिरहेका छैनन् । हाम्रो डर लकडाउनले समस्यालाई भण्डार गरिरहेको छ र पछि यो सुनामीका रुपमा सञ्चार हुनसक्छ भन्नेमा हो ।’

बेलायतभरका १३ सय मानसिक स्वास्थ चिकित्सकहरुले गरेको सर्वेक्षणअनुसार आकस्मिक घटनामा ४३ प्रतिशतले वृद्धि भएको छ भने चेकजाँच गराउने बिरामीको संख्या ४५ प्रतिशतले घटेको छ ।

एक मनोविद्ले भने,‘वृद्धवृद्धाको संख्या हराउँदै गएको देखिन्छ, मलाई लाग्छ मानिसहरु उपचार गराउन र सहयोग खोज्न पनि भयभीत छन् ।’ अर्को मनोविद्ले धेरै बिरामीहरुले कोरोनाकै कारण मानसिक समस्या व्यहोरेको र तनाव बढेको जनाएका छन् ।

बालबालिका तथा किशोर किशोरीको मानकिस स्वास्थ हेर्ने विभागकी अध्यक्ष डाक्टर बर्नाड्का डुबिकाले भनिन्, ‘हामीलाई चिन्ता छ कि  मानिसक रोग भएका बालबालिका  र युवा जो संघर्षरत हुनसक्छन्, उनीहरुले आवश्यक परेको सहयोग पाएका छैनन् । हामीले यो सन्देश दिन जरुरी छ कि मानसिक स्वास्थका लागि सेवा अझै खुला छ ।’

वृद्धवृद्धाको मानसिक स्वास्थ सम्बन्धी विज्ञ डाक्टर अमान्डा थम्पसेलले लकडाउनको समय प्रविधि प्रयोग गरेर डाक्टरलाई बोलाउन केही वृद्धवृद्धालाई समस्या भएको बताए ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप