काठमाडौंमा स्थानीयवासीले नै लकडाउनलाई थप कडा बनाए

काठमाडौं । कोरोना भाइरसको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाको भित्री क्षेत्रमा स्थानीयले नै ‘लकडाउन’लाई कडा बनाउन थालेका छन् । कामपाको भित्री क्षेत्रका नागरिकले टोलटोलमा खटिएर कडा गरेका हुन् । कोही नागरिक अनावश्यक बाटामा हिँडेको पाइए सम्बन्धित वडाका युवाले जहाँबाट आएको हो त्यही फर्काउन थालेको छ । खाद्य सामग्रीको पसलमा पनि प्रवेश स्थानमा नै टोरी टाँगेर उपभोक्तले बाहिरैबाट पैसा दिने र सामग्री लिने व्यवस्था गरिएको छ ।
एक टोलबाट अर्को टोलसम्म कसैको पनि आवतजावत नहोस् र भाइरसको जोखिम कम गर्नका लागि स्थानीयले यस किसिमको व्यवस्था लागू गरेका हुन् । अहिले असन, इन्द्रचोक दमाईंटोल, ताम्सीपाखा, नरदेवी, ढोकाटोल, भुरुङ्खेल, क्षेत्रपाटीलगायतका स्थानबाट अयन्त्र जान पाइने छैन भने अन्यत्रबाट आउन पनि पाइँदैन । पानीको गाडी, एम्बुलेन्स, सञ्चार संस्था, खाद्य सामग्रीलगायत अत्यवश्यक सामग्री ढुवानी गर्ने यातायातका सामान बोक्ने गाडीको हकमा भने निर्वाध आवतजावत गरिरहेका छन् ।
यस स्थानमा स्थानीय युवा स्वयंसेवकका रुपमा खटी लकडाउनको पालना गराएका छन् । केही दिनअघि मात्र लकडाउनको खासै पालना भएको नदेखिने यी स्थानमा अहिले पूर्णपालन भएको छ ।
अहिले यी स्थानका घरमा कोही नयाँ मान्छे आए पनि सम्बन्धित वडा कार्यालयमा जानकारी हुने गरेको छ । नयाँ मान्छे नल्याउन र कोहीकहीँ नजानका लागि सबैलाई सम्बन्धित वडाले कडा गरेको छ कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने ।
उनले भने, ‘अवस्था जटिल बन्दै गएकाले अब नागरिक अटेर गरी सडकमा निस्के केन्द्र सरकारको सहयोगमा थप कारवाहीको प्रक्रिया अघि बढाइनेछ ।’ कामपाले जोखिम हुन नदिन उपत्यका प्रवेश गर्ने र जाने क्रमलाई तत्काल रोक्न केन्द्र सरकासँग माग पनि गरेको जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिने छ : प्रचण्ड
-
पानीको स्रोत संरक्षण र चराहरूका लागि बुलबुलेमा अर्को ताल निर्माण गरिँदै
-
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय समिति बैठक जारी
-
प्रीति जिन्टाको १८ करोड ऋण कसले गर्यो माफ ? के भन्छिन् अभिनेत्री ?
-
उपचार खर्च बढी लाग्ने टिटानसबाट जोगिने उपाय
-
शीर्ष सैन्य अधिकारीपछि सेनाका शीर्ष वकिलहरू पनि बर्खास्तीमा