संसदमा मन्त्रीहरु नआएकोमा सांसद लामाको आपत्ति
काठमाडौं ।नेपाली काँग्रेसका सांसद बहादुरसिंह लामाले देश विपत्तिमा परेका बेला सरकारका मन्त्रीहरु संसदमा नआएको भन्दै आपत्ति जनाएका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद लामाले देशको जटिल अवस्थामा संसदमा मन्त्रीहरु नआउनु दुःखको कुरा भएको बताए । कोरोना भाइरसबाट देश संकटमा परेको, स्वास्थ्य सामग्री, कारोना परीक्षण किटको अभाव भइरहेको बेला स्वास्थ्य मन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग उनले गरे ।
यस्तै, भारतले देशको सिमा मिचिरहेको बेला संसदमा परराष्ट्रमन्त्री र रक्षामन्त्री रहनुपर्ने उनको भनाई छ । उनले भने– ‘देशको सिमानामा विवाद भइरहेका बेला संसदमा अहिले परराष्ट्रमन्त्री हुनुपर्छ कि पर्दैन ? रक्षामन्त्री हुनुपर्छ कि पर्दैन ? सिमानामा आफ्नो देश फर्किन आएका नेपालीको रक्ष गर्नु पर्छ कि पर्दैन ? यो संवेदनशील अवस्था हो कि हैन । यस्तो संवेदनशील अवस्थामा पनि सरकार मौन बसेको छ । सरकार लचार भएको छ । नीति तथा कार्यक्रमको यति लामो छलफलमा पनि सरकार उपस्थित नहुनु दुखको कुरा हो ।’
उनले संसदमा कम्तिमा ३ जना मन्त्री सहभागी हुनुपर्नेमा जोड दिए । बाध्यताका कारण लाखौं नेपाली शिक्षाका लागि, बैदेशिक रोजगारीमा गएको बताउँदै उनीहरुलाई सरकारले उद्धार गर्नुपर्दैन भन्दै प्रश्न गरे । सरकार गम्भीर विषयमा पनि संवेदनशील नभएको उनको आरोप छ । उनले कोरोनाबाट मृत्यु भएपछि सुत्केरीमा कोरोना भेट्ने सरकारले बच्चा र परिवारमा किन संक्रमण देखिएन त्यसको सत्यतथ्य बाहिर ल्याउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते