भारतीय सिरियलमा नेपाली महिलाको अपमान, नायिकाहरुद्वारा चर्को विरोध
काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्मा निर्माता रहेको भारतीय सिरियल ‘पाताल लोक’मा नेपाली महिलाको अपमान हुने गरी भएको ‘तुच्छ गाली’ को दृश्यका विषयमा कलाकारले आपत्ति जनाएका छन् ।
कलाकारले सामाजिक संजाल मार्फत ‘नेपाली रडी’ शब्दको विषयमा विरोध प्रकट गरेका हुन् ।
चर्चित अभिनेत्री रेखा थापाले सिरियलमा नेपाली महिलाको अस्मिता र नेपाल जस्तो सार्वभौम देशको स्वाभिमानी छोरीहरुको मानमर्दन हुने गरी निच शब्द प्रयोग गरिएको भन्दै आपत्ति जनाएकी छन् ।
‘एकातिर जमिन अतिक्रमण गरेर हाम्रो सर्वभौमिकता माथि धावा बोल्ने, भएन भनेर बलिउडका फिल्म र सिरियलमा नेपालीको मानमर्दन हुने गरेर प्रस्तुत गर्ने दादागिरीको घोर भत्सर्ना गर्दछु’ रेखाले आक्रोशपूर्ण स्टाटसमा अगाडि लेखकी छन् ‘पातल लोक नामक सिरियलमा नेपाली महिलाको अस्मिता र हाम्रो सार्वभौम देशको स्वाभिमानी छोरीहरुलाई जुन निच शब्द प्रयोग गरिएको छ । त्यो घोर आपत्ति जनक छ । त्यति मात्र होइन यस्तो भाषा र हेपाहा प्रवृत्तिले बलिउडका फिल्म, कलासाहित्यको नारी प्रतिको असहिष्णुता र सोचको स्तर पनि देखाएको छ ।’
यस बिषयमा निर्माण पक्षले माफी माग्नु पर्ने रेखाको जोड रहेको छ ।
यस्तै अभिनेत्री रीचा शर्माले सिरियलमा प्रयोग भएको शब्दले सम्पूर्ण नेपाली महिलाको मन दुखेको बताएकी छन् । ‘अमेजन प्राइमको ‘पाताल लोक’ सिरिजमा नेपाली महिलालाई लिएर जुन अपशब्द प्रयोग भयो, त्यसले सम्पूर्ण नेपालीको मन दुखेको छ’ रीचाले भनिन्, ‘फिल्मको निर्माण पक्षले नेपालीहरूसँग माफी माग्नु पर्छ र त्यो शब्द सिरिजबाट हटाउनु पर्छ ।’
रीचाले नेपाली महिलालाई अपशब्द बोल्नेलाई हामीले पाठ सिकाउनु पर्ने बताइन् ।
अभिनेत्री सरिता लामिछानेले स्वाभिमानी नेपालीहरुको अस्तित्वमाथि सिरिल मार्फत प्रहार भएको बताइन् । यी र यस्ता कार्यहरु तत्काल बन्द गरि निर्माण संस्थाले माफी माग्नु पर्ने लामिछानेको भनाइ रहेको छ ।
यस विषयमा अभिनेत्री करिस्मा मानन्धरले पनि विरोध जनाएकी छन् । सिरियलमा महिलाको आत्मसम्मान नै गिराउने प्रयास उनले बताएकी छन् ।
अभिनेत्री केकी अधिकारीले पनि भारतीय सिरियलमा प्रयोग भएको शब्दको विरोध गरेकी छन् । ‘भारतीय सिरियलमा देशको नाम लिएर महिलालाई तुच्छ गाली गर्दा निकै चित्त दुख्यो, मन पोल्यो, रगत उम्लेर आयो’ केकीले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण