शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

नेकपा गुल्मीद्वारा राहत कोषमा सहयोग

सोमबार, ०५ जेठ २०७७, ११ : ५५
सोमबार, ०५ जेठ २०७७

 गुल्मी। कोराना भाइरसको संक्रमण र लकडाउनका कारण  गुल्मीको रेसुङ्गा नगरपालिकाले नगर भित्रका गरिव मजदुरहरुको उद्धारका लागि खडा गरेको विपद् ब्यवस्थापन राहत कोषमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) रेसुंगा नगरकमिटीले  एक लाख  रुपैयाँ सहयोग गरेको छ  ।

आइतबार नगरकमिटीले नगरपालिकाका प्रमुख डिल्लीराज भुसाललाई उक्त नगद रकम हस्तान्तरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।

  विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना रोकथामका लागि नगरकमिटीले संकलन गरेको नगद एक लाख रुपैयाँ नगरकमिटीका अध्यक्ष हरि पोखरेल र सचिब धर्म बिश्वकर्माले नगर प्रमुखलाई हस्तान्तरण गरेको सचिब धर्म बिश्वकर्माले जानकारी दिए ।

यसरी नगर कमिटीले बिपद ब्यबस्थापन कोषमा नगद एक लाख हस्तान्तरण गरेकोमा रेसुंगा नगरपालिकाले प्रशंसा पत्र समेत प्रदान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप