नेपालमा कोरोनाबाट मृत्यु भएका २ जनामा फरक–फरक लक्षण देखियो
कोरोनाबाट मृत्यु भएका २ जनामा फरक–फरक लक्षण देखिएको छ । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी २९ वर्षीया महिलामा सुख्खा खोकी, श्वासप्रश्वासमा समस्याका साथै निमोनिया देखिएको थियो ।
यसैगरी, आइतबार बाँकेको नरैनापुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय युवकलाई करिब दुई घण्टासम्म बान्ता भएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले पहिलो मृत्युको एक्सरे प्रतिवेदनमा दुवै फोक्सोमा निमोनिया देखिएको बताए । अर्का युवकको भने थप रिपोर्ट आउन बाँकी रहेको चिकित्सकलाई उद्धृत गर्दै कान्तिपुरले लेखेको छ ।
हालसम्म नेपालमा कोरोनाबाट मृत्यु भएको पुष्टि २ जनामा भएको छ । यस्तै हालसम्म कोरोना संक्रमितको संख्या २९५ पुगेको छ भने ३६ जना चाहिँ निको भएका छन् ।
कोरोना संक्रमणकै कारण नेपालमा गत चैत ११ गतेदेखि लकडाउन जारी छ र यो क्रम जेठ २० सम्म जारी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनीभन्दा खतरनाक हुन्छ कृत्रिम गुलियो
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँमा
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ