शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्य नघटाउन मन्त्रीलाई चिठी लेखिएको खुलासा

सोमबार, ०५ जेठ २०७७, ०८ : २९
सोमबार, ०५ जेठ २०७७

पेट्रोलियम व्यवसायीले इन्धनको मूल्य नघटाउन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई पत्र लेखेको पाइएको छ ।

२ जेठमा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नयाँ मूल्यसूची घटेर आउने अनुमानका आधारमा एक दिनअघि बागमती पेट्रोलियम डिलर्स एसोसिएसनले मन्त्री भट्टलाई मूल्य नघटाउन दबाब दिएको हो ।

आजको नयाँ पत्रिका दैनिक लेख्छ–एसोसिएसनमा उपत्यकासहित बागमती प्रदेशका पेट्रोलपम्प व्यवसायी सदस्य छन् ।

बाँसबारीको खड्का आयल स्टोरका सञ्चालक अच्युत खड्का यसका अध्यक्ष छन् । उनको पम्पलाई नाकाबन्दीका वेला इन्धनमा कालोबजारी गरेको र डेढ वर्षअघि पनि चालकको हडतालमा तेल लुकाएको आरोपमा कारबाही गरेको थियो । 

अध्यक्ष खड्काले मन्त्रालयमा सचिव वैकुण्ठ अर्याल र आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई मन्त्रीसम्म पुग्ने गरी पत्र दिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप