मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

आइतबार, ०४ जेठ २०७७, २० : २३
आइतबार, ०४ जेठ २०७७

काठमाडौं । सरकारले आगामी जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले थप १५ दिन अर्थात जेठ २० सम्म लकडाउन गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई बताए । 

सरकारले यसअघि कायम गरेको लकडाउनको अवधि सोमबार मध्यरातदेखि सकिन लागेको अवस्थामा कोरोना संक्रमणको जोखिम थप बढ्दै गएको निष्कर्षका साथ लकडाउन लम्ब्याउने निर्णय भएको हो।  

नेपालमा कोरोनाको जोखिम न्यूनीकरणका लागि भन्दै गत चैत ११ गतेदेखि निरन्तर लकडाउन रहेको छ । तर, यो बीचमा २९५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने कोरोनाकै कारण २ जनाको मृत्यु भइसकेको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप