बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस युनियन सुनसरीले  पत्रकारको कोरोना बीमा गर्ने

आइतबार, ०४ जेठ २०७७, १८ : ४९
आइतबार, ०४ जेठ २०७७

विराटनरगर ।  प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय पत्रकारहरुको निःशुल्क बीमा सुरु गरेको छ । 
कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघ सुनसरी आबद्ध तथा  जिल्लामा क्रियासिल  गरि १५० जना पत्रकारको निःशुल्क बीमा गर्ने कार्यक्रम सुरु गरेको हो ।
प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियन र आईएमई जनरल इन्सुरेन्सबीच सम्झौता भएको छ । 

सम्झौता अनुसार पत्रकारलाई कोरोना भाइरसको लक्षण  देखिएमा १ लाख रुपैयाँ प्रदान गरिनेछ । सम्झौतामा युनियनका तर्फबाट अधिकारी र इन्सुरेन्सका मार्केटिगं  प्रदेश संयोजक विमलकुमार रन्जितकारले हस्ताक्षर गरेका छन् । 

इन्स्योरेन्सको बिराटनगर स्थित क्षेत्रीय कार्यालयम एक कार्यक्रमका बीच प्रेस युनियनका अध्यक्ष अधिकारी र रञ्जितकार बिच पत्रकारको बीमा गर्दै लिखितम  सहमति आदानप्रदान भएको थियो । सो कार्यक्रममा अध्यक्ष अधिकारीले सामान्य राहत किन्न समेत अप्ठारो परिरहेको अवस्थामा यस बीमाले ठुलो टेवा पुग्ने र परिवारलाई समेत राहत महशुश हुने जिकिर गरे । सुनसरीका  दक्षिणि नाकाहरु  भारतसंग जोडिएकाले निकै संबेदनशिल भएर रिपोर्टिगं गर्नुपर्ने बाध्यता संगै जिल्लापनि रेड जोनमा परिसकेकाले बीमा आवस्यक भएको अधिकारीको भनाइ छ । 

हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्सका तर्फबाट  संयोजक रञ्जिकारले सस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत  कोराना बिमा कार्याक्रम प्रेस युनियनक सुनसरी संगको सहकार्यमा गरेको जानकारी गराए ।

 उक्त कार्यक्रममा पत्रकार महासघं प्रदेश १ का महासचिब बिबेक गौतमलेले युनियन सुनसरीले गर्ने लागेको बीमा कार्यक्रमले जिल्लाभरका पत्रकारहरुले फाइदा लिने दावी गरे । युनियन सुनसरी पत्रकारहरुको पेशागत हक हित एवम शुरक्षाका बिषयमा गम्भिर भएर लागेको गतिलो उदाहरणका रुपमा यस बीमा योजनालाई लिन सकिने महासंघ प्रदेश १ अध्यक्ष बिक्रम लुइटेलले बताए । 

उनले सरकाले समेत यस्तो महामारीले पत्रकाहरुको शुरक्षाका लागि चिन्तित भएर लाग्नुपर्ने कुरामा जोड दिए ।  सो कार्यक्रममा इन्स्योरेन्सका  इटहरी व्यवस्थापक भोजराज अधिकारी, विराटनगरका व्यवस्थापक सुनिल ठाकुर लगायतको समेत उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप