शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अब कोरोना बीमा सेलपेबाटै गर्न सकिने, यस्तो छ प्रक्रिया

आइतबार, ०४ जेठ २०७७, १६ : ५८
आइतबार, ०४ जेठ २०७७

काठमाडौं– भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाका ग्राहकहरुले हाल विश्वभरी फैलिरहेको महामारी रोग कोरोनाभाइरस (कोविड १९) विरुद्धको बीमा सुबिधा सेलपे मोबाइल वा वेब एप्लीकेशनमार्फत सरल र सहज रुपमा वास्तविक समयमा खरिद गर्न सक्ने भएका छन् ।

हाल विश्वभरी कोरोनाभाइरसको संक्रमणको संख्या बढ्दै गएको र नेपालमा पनि यस भाइरसको संक्रमण बढ्दै गएको हुँदा यस रोगबाट हुन जाने आर्थिक क्षतिको जोखिमलाई न्युनिकरण गर्न बीमाको आवश्यकता महसुस गरी सेलपेसँग आबद्ध सगरमाथा इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा कोरोना बीमा सुविधा खरीद गर्न सकिने छ ।

बीमा सेवाको मुख्य उद्देश्य कोरोनाभाइरस संक्रमित व्यक्तिहरुलाई आर्थिक सहयोग पुर्याउनु रहेको कम्पनीले जनाएको छ । ग्राहकहरुले आफ्नो आवश्यकताअनुसार व्यक्तिगत बीमा वा पारिवारिक बीमा रोज्न सक्नेछन् । 

सेलपेका ग्राहकहरुले बीमा गर्नका लागि आफ्नो सेलपे एप्पमा गई कोविड(१९आइकनमा क्लिक गरी सजिलै आफ्नो आवश्यकता अनुरुप व्यक्तिगत बीमा वा पारिवारिक बीमा वास्तविक समयमा खरिद गरि रकम भुक्तानी गर्न सक्नेछन् । 

यसअन्तर्गत बीमा शुल्क भुक्तानी गरेको १५ दिनसम्म प्रतिक्षा अवधी रहने छ र १५ दिनको प्रतिक्षा अवधी सकिए पछी कोही व्यक्तिमा कोरोनाभाइरस पोजिटिभ पुष्टि भएमा, पुष्टि हुने बित्तिकै बीमा रकमका लागि दाबी गर्न सकिन्छ ।

यस बीमाको समय अवधि कोरोनाविरुद्ध बीमा भुक्तानी गरेको १२ महिना सम्म कोरोना पोजिटिभ पुष्टि भएमा यो बीमा योजनाको सुबिधा लिन सकिन्छ । ग्राहकहरुले रु. १ लाख सम्मको कोरोनाबिरुद्ध बीमा गराउन सक्नेछन् । 

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप