
डबल लकडाउन : कोरोना रोक्न गल्ली–गल्लीमा तारबार !

काठमाडौँ । कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि सर्वसाधारण त्रसित बनेका छन् । अझ नेपालमा नै संक्रमितले पहिलोपटक ज्यान गुमाउनु परेपछि मानिसहरु आफ्नो सुरक्षालाई लिएर संवेदनशील बनेका छन् ।
संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउनलाई नियमित राखेकै बेला राजधानी काठमाडौँमा स्थानीयहरुले त्यसलाई थप कडाइ गरेका छन् । विशेष गरेर बाहिरबाट आएकाहरुमा कोरोनाभाइरसको संक्रमण देखिएपछि उनीहरुले आफ्नो गाउँ तथा टोलमा अपरिचित व्यक्तिहरुको प्रवेशमा रोक लगाएका छन् । त्यस्तै, काठमाडौँबाहिरबाट आएका भाडावालहरुलाई प्रवेश निषेधदेखि तत्कालै स्थानीय प्रशासनमा सम्पर्क गर्न कडाइ गरेका छन् ।
काठमाडौँमा गल्लीगल्लीमा यतिबेला मानिसहरु तारबार गरेर कोरोनालाई प्रवेश निषेध भनिरहेका छन् । हेरौँ तस्विरहरुः

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।
तपाईको ईमेल गोप्य राखिनेछ