सामसङको ग्यालेक्सी ए ५१ सन् २०२० को पहिलो त्रैमासिक अवधिमा पनि बिश्वकै नम्वर १मा

काठमाडौं– सामसङको ग्यालेक्सी ए ५१ एन्ड्रोइड फोन सन् २०२० को पहिलो त्रैमासिक अवधिमा पनि विगतमा जस्तै पहिलो स्थान (१ नम्वर)मा नै कायम रहन सफल भएको छ ।
विगत लामो समयदेखि आफूलाई विश्वकै अत्यधिक विक्री हुने एन्ड्रोइड स्मार्ट फोनको रुपमा उभ्याउन सफल सामसङको यो स्मार्टफोनले यो वर्ष पनि आफ्नो स्थान पुरानै स्थानमा सुरक्षित राख्न सफल भएको हो ।
यस अवघिमा रिडमी, साओमी लगायतका अन्य प्रतिस्पर्धी मोवाइलहरु सामसङको ग्यालेक्सी ए ५१ एन्ड्रोइड फोनको तुलनामा निकैपछि देखिएका छन् । सामसङ कम्पनिले यो अवधिमा विश्वभरमा ६० लाख भन्दा बडीको संख्इामा यो मोवाइल विक्री भएको जनाएको छ ।
एक अध्ययन अनुसार सामसङको ग्यालेक्सी ए ५१ फोर जी स्मार्ट फोन बिश्व बजारमा २ दशमलव ३ प्रतिशत बजार हिस्स ओगटेको छ । सो अध्ययनले रिडमी दोस्रो स्थानमा रहन सफल भएको जनाएको छ ।
सो अध्ययनअनुसार रिडमीको बजार हिस्सा १ दशमलव ९ प्रतिशत छ । तेस्रो स्थानमा सामसङकै एस २० प्लस छ । जसको बजार हिस्सा १ दशमलव ७ प्रतिशत छ । सो अध्ययनले चौंथो र पाँचौं स्थानमा क्रमशः सामसङको ए १० र रिमडी नोट ८ रहेको देखाएको छ । यी दुवैको बजारहिस्सा १ दशमलव ६ प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
-
प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने कुरामा भूमिका विहीन भयो : मन्त्री लामिछाने
-
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’
-
धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार
-
रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)
-
सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता छैन : गृहमन्त्री लेखक