शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड–१९ को आशंकामा ११ जना आइसोलेसनमा

आइतबार, ०४ जेठ २०७७, १४ : १५
आइतबार, ०४ जेठ २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालको आइसोलेसनमा कोभिड १९ को आशंकामा ११ जनालाई राखिएको छ । 

जिल्ला अस्पताल बझाङमा ८, डोटीमा १, बैतडीमा १ र डडेल्धुरा अस्पतालमा १, गरी ११ जनाको उपचार भइरहेको हो । 

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास  मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय डोटीले कोभिड–१९ को मिडिया ब्रिफिङमा सो कुराको जानकारी दिएको हो । 

१४६ जना भने यसअघि उपचार पछि घर फर्किसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए ।  

उनले हालसम्म १८ हजार २६९ जनाको आरडीटी परीक्षण गरेको बताए । 

जसअनुसार १८ हजार २४८ जनाको नेगेटिभ छ भने २१ जनाको आरडिटी पोजिटिभ भएको छ । उनले पोजिटिभ भएकाको पिसिआरवाट जाँच प्रक्रिया भइरहेको बताए । 

९ वटै जिल्लामा १ हजार ५३५ आरडीटी किट र ८६० वटा भि.टि.एम स्टक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 पिसिआर विधिबाट ३ हजार ७४८ स्वाव संकलन गरिएका मध्ये ३४१४ को मात्र जाँच भएको महाशाखा प्रमुख कार्कीले बताए । 

जाँच गरिएका मध्येबाट  ३ हजार ४०९ जनाको नमुना नेगेटिभ छ भने ५ जनाको मात्र पोजिटिभ भएको उनले वताए । 

पोजिटिभ ५ जना पनि निको भएर घर फर्किसकेका छन् । 

उनका अनुसार अझै ३३४ जनाको स्वाबको नतिजा आउन बाँकी रहेको छ । १ हजार ४९३ जना क्वारेन्टाइनमा रहेका मध्ये पुरुष १ हजार ३६० र महिला १३३ छन् । 

यसैबीच कैलालीको  गौरीफेन्टा नाकावाट ३७४ जना  नेपालीलाई उद्धार गरिएको छ ।  यसअघि भारतीय पलियास्थित   क्वारेन्टाइनमा बस्दै आएका नेपालीलाई शनिवार गरिएको हो।  

 जिल्ला प्रशासन कार्यालयको समन्वयमा उनीहरुलाई उद्धार गरि नेपाल ल्याइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।  उनीहरुलाई आवश्यक स्वास्थ्य चेकजाँच गरी नेपाल ल्याइएको उनले बताए । 

नेपाल ल्याइएका सवैलाई सम्बन्धित जिल्लाको स्थानीय तहको क्वारेन्टाइनमा राख्ने गरी पठाउने काम भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप