शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

आइतबार, ०४ जेठ २०७७, १२ : २५
आइतबार, ०४ जेठ २०७७

कपिलवस्तु । कपिलवस्तुमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

कृष्णनगर नगरपालिका वडा ११ औरहवा बस्ने २४ वर्षीय रामतिरथ यादवलाई सोही गाउँमै बस्ने १५ वर्षीयालाई बलात्कार गरेको अभियोगमा शनिबार गणेशपुर प्रहरीले पक्राउ गरेको हो ।

 गत शुक्रबार राति यादवले बालिकालाई घरमै बोलाएर बलात्कार गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले आरोप लगाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप