लकडाउनबारे निर्णय गर्न उच्चस्तरीय समितिको बैठक बोलाइयो

काठमाडौ । लकडाउनबारे छलफल गर्न उच्चस्तरीय समितिको बैठक आज आइतबार बस्दैछ । सरकारले अन्तिमपटक थपेको लकडाउनको समय जेठ भोलि बैशाख ५ गतेदेखि सकिँदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक दिउसो साढे २ बजे बोलाइएको प्रवक्ता नारायणप्रसाद विडारीले जानकारी दिए ।
राजधानीसहित देशका विभिन्न स्थानमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले लकडाउनको अवधी अझै थप गर्ने बुझिएको छ भने जारी लकडाउनलाई पनि कडाई गर्ने सरकारको तयारी छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले गरेको सिफारिसको आधारमा सरकारले लकडाउनको मिति तोक्दै आएको छ । समितिले शुक्रबार गरेको जनस्वास्थ्यविद्हरुसँगको छलफलमा अधिकांश चिकित्सिक तथा विज्ञहरुले लकडाउन र स्वास्थ्य परिक्षणको दायरा बढाउदै लैजान सुझाव दिएका थिए ।
नेपालका हालसम्म २ सय ९१ जनामा कोरणा संक्रमण भएको छ भने ३६ जना उपचारपछि घर फर्किएका छन् । एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाको संक्रमण २८ जिल्लामा फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ