चितवनबाट ट्रक चढेर घर आएका थिए धनुषाका दुई संक्रमित*
जनकपुर । धनुषामा पाइएका संक्रमित दुई जना व्यक्ति चितवनबाट आएको खुलेको छ । २० वर्षीय र ६५ वर्षिय संक्रमित व्यक्तिहरु धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ स्थित घोडघास गाउँका हुन् ।
जिल्ला बाहिरबाट आएपछि उनीहरुलाई नगराइन नगरपालिका वडा नम्बर–५ स्थित गंगुलीमा रहेको प्रादेशिक क्वारेनटाइनमा बसेका छन् । प्रादेशिक क्वारेनटाइन स्थलका संयोजक संतोष ठाकुरले संक्रमित दुवै ब्यक्ति चितवनबाट घोडघासस्थित घर आएका थिए ।
उनीहरु बैशाख ३० गते नै चितवनबाट नगराइन नगरपालिकास्थित घर आइपुगेका क्वारेन्टाइन स्थलका संयोजक ठाकुरले जानकारी दिए । उनले भने, ‘दुवै जना आफ्नो घर पुगेर घर परिवारसँगै बसिरहेका थिए । तर पछि स्थानीय प्रहरीले बाहिरबाट आएका मानिसहरु घरमा बसेको जानकारी पाए लगत्तै उनीहरुलाई क्वारेनटइनमा ल्याइएको थियो ।’
दुवै जना चितवनस्थित मैदा कारखानामा काम गर्छन् । दुवै चितवनबाट पैदल यात्रा गर्दै पथलैयासम्म आएका थिए । त्यसपछि ट्रकमा चढेर र गन्तव्यसम्म आउनका लागि पुनः पैदल यात्रासमेत गर्दै घोडघासस्थित घर आइपुगेका थिए ।
बैशाख ३० गते नै दुवै जनाको स्वाब संकलन गरेको थियो । अहिले ति दुवै जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर स्थित कोभिड–१९ विशेष अस्पतालमा ल्याइएको छ ।
update
शनिबार राति संक्रमण देखिएका धनुषाका दुई जना व्यक्तिले झुठो विवरण दिँदा कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिएको छ । ति दुई जना संक्रमितले सुरुमा आफुहरु चितवनबाट आएको बताएपनि जनकपुरस्थित कोभिड विशेष अस्पतालमा आउँदा उनीहरुले आफुहरु मुम्बईबाट आएको स्वीकार गरेका छन् ।
धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित प्रादेशिक क्वारेन्टाइनमा रहेका दुवै संक्रमितले स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेतलाई आफूहरु वैशाख ९ गते चितवनबाट आएको भन्दै झूठो विवरण दिँदै आएका थिए । संक्रमित दुवै धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ स्थित घोडघासका हुन् ।
प्रादेशीक जनस्वास्थ्य कार्यालयका प्रवक्ताले उनीहरु मुम्बईबाट आएको जानकारी दिए । उनीहरूलाई मोटरसाइकलमा चढाएर सीमाबाट क्वारेन्टाइनसम्म ल्याउने व्यक्ति सम्पर्कमा आएपछि उनीहरू पोल खुलेको थियो । त्यसपछि भने उनीहरुले वास्तविक कुरा बताएका थिए ।
ति दुवै जना चितवनबाट नभएर भारतको मुम्बईबाट आएको खुलेको छ । मुम्बईमा उनीहरू मजदूरी गर्ने गरेका थिए । उनीहरु आउने क्रममा धनुषाको बेलो गाउँमा खाना समेत खाएको कुरा खुलासा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस
-
सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग