शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमाथि पुनः भड्किए ट्रम्प

आइतबार, ०४ जेठ २०७७, ०६ : ४१
आइतबार, ०४ जेठ २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एकपटक पुनः चीनलाई निशानामा पारेका छन् ।

राष्ट्रपति ट्रम्पले आइतबार बिहानै ट्वीट गर्दै चीनले विभिन्न संगठनलाई दिँदै आएको आर्थिक सहयोगबारे प्रश्न उठाएका छन् । उनले लेखेका छन्, ‘हाम्रोभन्दा धेरै जनसंख्या हुँदासमेत चीनले विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र र सबैभन्दा खराब कुरा, विश्व व्यापार संगठनलाई आखिर अत्यधिक कम डलर दिनुको कारण के हो ? यो देशलाई कथित रुपमा विकाशशील देशको मान्यता दिइएको छ ।’

उनी थप्छन्, ‘उनीहरुलाई अमेरिका वा अन्य कुनै देशको तुलनामा धेरै सहुलियत दिइन्छ । चीनबाट फैलिएको यो महामारी अघि हाम्रो अर्थव्यवस्थाले सबैलाई पछि पारिरहेको थियो । कुनै पनि देशको तुलनामा सबैभन्दा राम्रो थियो । हामी पुनः त्यो स्थानमा हुनेछौं र त्यो छिट्टै हुनेछ ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप