शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युएईका कोरोना महामारी पीडितहरुलाई उद्दार गर्न सरकारलाई दबाब

शनिबार, ०३ जेठ २०७७, २३ : ५७
शनिबार, ०३ जेठ २०७७

युएई । युएईमा रहेका नेपाली समुदाय र राजनीतिक संघसंगठनहरुले अलपत्र परेका नेपाली नागरिकलाई तुरुन्त नेपाल फर्काउन सरकारलाई संयुक्त रुपमा दबाब दिने भएका छन् ।  युएईमा रहेका आधा दर्जन राजनीतिक भातृसंगठन, गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाली समाज युएईले युएईमा अलपत्र परेका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन सरकारलाई दबाब दिने निर्णय गरेका हुन्।

कोरोना भाइरस (कोभिड–१९) का कारण युएईमा जागिर गुमाएका,बेतलबी बिदामा रहेका, गर्भवती, बालबच्चा, विद्यार्थी, दिर्घ रोगी र भिजिट भिसामा बिचल्ली परेका नेपालीलाई प्राथमिकता साथ तत्काल नेपाल फर्काउन सरकारसँग अनुरोध समेत गरेका छन्।

युएईमा कोरोनाका कारण कति नेपाली अलपत्र परेको जानकारी यकिन नभएपनि गैरआवासीय नेपाली संघ अन्तर्गत क्युआएफ नेपाल र नेपाली समाज अन्तर्गतका सामाजिक सघ–संस्थाहरुले ४५ सय नेपालीलाई एक लाख ३० हजार दिराम अर्थात् (४२ लाख रुपैया) बराबरको खाद्यान्न वितरण गरिसकेका छन्।

कोरोनाको लहरो बढ्दै जाने र अन्तर्राष्ट्रिय उडान बन्द हुँदै जाने हो भने भोली यो भन्दा बढई जटिल समस्या आउनसक्ने सहभागीहरुले बताए। उनीहरुले अब दिँदै आएको राहत पनि आर्थिक अभावले सकिदै गएकोले थेग्न नसकिने बताए।उनीहरुले सरकारले आवश्यकताअनुसार स्कुल, कलेज, होटललाई अस्थायी क्वारेन्टाईन बनाई सरकारी मापदण्डअनुसार नेपाल फर्केका प्रवासी नेपालीहरुलाई व्यवस्थापन गर्न सुझाव दिए।

नेपाल सरकारले विदेशमा रहेका नेपाली नागारिकहरुको अवस्था बुझी उनीहरुलाई तत्काल उचित व्यवस्थापन गर्न सम्बन्धित देशमा रहेका निकायलाई निर्देशन दिएपनि युएईमा अहिलेसम्म यो विषय कसैलाई जानकारी नभएको बताउँदै सहभागीहरुले सरकार प्रवासी नेपालीहरुको उद्दारमा निरीह बनेको बताए। उनीहरुले कोरोना महामारी सरकारको मात्र समस्या नभएकोले सबै राजनितिक दल, समाजिक सघसंस्था,नागरिकहरु एकजुट भई लड्नुपर्ने बताए। 

नेपाल पत्रकार महासंघ शाखा युएईको संयोजनमा भएको उक्त कन्फ्रेन्स कलमा प्रवासी नेपाली मन्च युएईका अध्यक्ष  बाबुराम बिश्वकर्मा, श्याम पाठक, जनसम्पर्क समिति युएईका सभापति भवानी तिमिल्सिना, चित्र केसी, अन्तर्राष्ट्रिय( नेपाली समाज युएईका अध्यक्ष बाबुराम लोप्चन, उत्तम अधिकारी, नेपाली प्रबासी एकता मन्च मध्यपूर्व संयोजक तोयनाथ लम्साल, गैर आवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली, क्युआरफ नेपाल एव्ं गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईका उपाध्यक्ष पासङ शेर्पा, नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल र नेपाल पत्रकार महासंघ शाखा युएई पूर्व अध्यक्ष भुपराज बस्यालको सहभागिता थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप