कोरानाभाइरसका बाबजुद जर्मनीमा फुटबल सुरु, शनिबार ६ खेल हुँदै
कोरोना भाइरसको महामारीका बाजबुद जर्मनीमा लिग फुटबल बुन्डेसलिगा सुरु भएको छ । यद्यपी, खेलका दौरान कोही दर्शक रंगशालाभित्र छिर्न भने पाउने छैनन् ।
कोरोना भाइरस महामारीको समय सञ्चालन हुने यो पहिलो ठूलो युरोपेली लिग हो । शनिबार ६ खेल हुनेछन् । जसमा बोरुसिया डर्टमुन्ड र साल्के तथा लिग लिडर बार्यन म्युनिख र युनियन बर्लिनको भिडन्त समावेश छ ।
यसअघि १३ मार्चमा लिग स्थगित भएको थियो । बुन्डेस लिगमा प्राय: टिमले ९ लिग खेल खेल्न बाँकी छ ।
समर्थकहरु मैदानभित्र छिर्न नपाएको यकिन गर्नका लागि प्रहरी खटाइनेछ । कडा स्वास्थ प्रोटोकलका कारण समर्थकलाई रंगशाला प्रवेशमा रोक लगाइएको छ, यसका बाबजुद बोरुसिया मोन्चेनग्लाडबाचले आफ्ना सिमित केही समर्थकलाई रंगशालामा ल्याउदैंछ ।
खेलाडी, स्टाफ र अफिसियस समेत गरेर झन्डै ३ सय व्यक्ति रंगशालाभित्र वा आसपास हुनेछन् । खेलाडीहरुमा कोभीड–१९ परीक्षण भइसकेको छ र उनीहरुलाई मैदानबाहिर सामाजिक दूरी अपनाउन भनिएको छ । यसअिघ अप्रिलको मध्यदेखि नै बुन्डेसलिगा क्लबहरुले आफ्नो प्रशिक्षण सुरु गरेका थिए ।