सिन्धुपाल्चोकका बाह्रबिसे र बलेफीका बस्ती सिल
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको वडा नम्बर ९ बलेफी गाउँपालिकाकाको ८ र ९ नम्बर वडा स्थानीय प्रशासनले सिल गरेको छ । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोना संक्रमणको आशंका देखिएपछि गाउँ र त्यस वरिपरिका बस्ती सिल गरिएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुपालचोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बलेफी ८–९ र बाह्रबिसे नगरपालिका–९ सिल गरिएको पुष्टि गरे ।
त्यस्तै ब्राहविसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरेको उनले जानकारी दिए । ती स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । त्यस्तै नेपाली सेनालाई पनि सुरक्षामा खटाउन पत्राचार गरिसकेको सूचना अधिकारी समेत रहेका खनालले रातोपाटीलाई जानकारी दिए । स्वास्थ्य मन्त्रालयले भने सुत्केरी महिलाको मृत्यु कोरोना संक्रमणका कारण भएको हो कि होइन भन्ने विषयमा अध्ययन भैरहेको जनाएको छ ।
मृतक महिलाको स्वास्थ्य परीक्षणको रिपोर्ट धुलिखेल अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना