शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा दोस्रो चरणको राहत वितरण : विपन्नलाई खाद्यान, किसानलाई धानको बिउ

शनिबार, ०३ जेठ २०७७, १८ : १५
शनिबार, ०३ जेठ २०७७

रौतहट । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह अहिले प्रत्येक वडा र टोल टोलमा गएर गरिबलाई दोस्रो चरणको राहतमा खाद्यान र किसानलाई उन्नत धानको बिउ वितरण गर्नमा ब्यस्त रहेकी छिन् ।

कोरोना कहरमा पनि मेयर रिनाकुमारीको दैनिकि फरक देखिएको छ । उपमेयर गौरीशंकर जयसवाल, सम्बन्धित वडाका वडा  अध्यक्षलाई साथमा लिएर उनी प्रत्येक दिन नगर क्षेत्रको वडा तथा टोल टोलमा पुुगिरहेकी छिन् ।

लकडाउनको ५४ दिन दैनिक ज्यालादारी गर्ने गरीब परिवार भोखो नबसुुन भन्ने उद्देश्यका साथ मेयर साह दोस्रो चरणको राहत वितरण गरिरहेकी छिन् । विपन्नलाई खाद्यान र खेत हुने किसानलाई उन्नत धानको बिउ समेत वितरण गरिरहेकी छिन् । 

लकडाउनको कारण जिल्लाका सबै बजार तथा पसल बन्द रहेको समयमा खाद्यान्न उब्जनीमा कमी नहोस् भन्ने उद्देश्यले प्रत्येक किसानलाई ३५ किलोको दरले धानको बिउ वितरण गरिरहेको मेयर रिनाकुुमारी साहले जानकारी दिइन् ।
मौलापुर नगरपालिकाको नौवटै वडामा कुल दुुई हजार किसानलाई ३५ किलोको दरले धानको बिउ वितरण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।

निर्णय अनुसार कृषी अनुसंधान केन्द्र परवानीपुर,राष्ट्यि धानबाली अनुसंधान केन्द्र हरदीनाथ , कृषी सामग्री संस्थान हेटौडा लगायतका स्थान बाट कुल सातसय कुुईन्टल उन्नत धानको बिउ खरीदभई बितरण सुुरुगरीएको प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र साहले बताएका छन् ।

त्यसैगरी दोस्रोचरणको राहत कुल चारहजार पाँचसय परिवारलाई बितरण गरीने लक्ष्य रहेको छ ।पहिलो चरणमा कुुल एकहजार परिवारलाई राहत वितरण भईसकेको प्रशासकिय अधिकृत साहले जानकारी दिए । 

लकडाउनभन्दा पहिलेदेखि नै  मौलापुर नगरपालिकाले नगरक्षेत्रका किसानले कृषी कार्यकालागी लिएको कृषी मिटरको विद्युत महसुल समेत तिर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप