कोरियामा निको भइन् १०४ वर्षीया कोरोना संक्रमित
–जीवन खत्री
सउल । दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना संक्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उक्त वृद्धा ६७ दिनको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट आज डिस्चार्ज भएकी हुन् । उनी दक्षिण कोरियामा कोरोना सङ्क्रमणबाट निको हुनेमध्ये अहिलेसम्मकै बढी उमेर भएकी वृद्धा हुन् ।
सन् २०१२ देखि थेगुको दक्षिणी ग्यङ्सानमा रहेको एक केयर सेन्टरमा बसिरहेकी चोईलाई एक हप्ताअघि कोरोना संक्रमणको पुष्टि भएको थियो । त्यसपछि उनलाई पोहाङ अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो । उनलाई शुरुमा सुख्खा खोकी लाग्ने तथा घाँटी दुख्ने लक्षण देखिएको थियो र सेतो रक्त कोष समेत घटेको थियो । स्वास्थ्यकर्मीको मेहनतका साथ उपचारका कारण उनी ठीक भएकी छिन् ।
चोईको १२ पटकसम्म कोरोना परीक्षण गरिएको थियो । उनको नवौँ पटकबाट कोरोना सङ्क्रमणको नतिजा नेगेटिभ आयो । त्यसपछिका सबै नतिजा नेगेटिभ आएपछि अस्पतालले डिस्चार्जको अनुमति दिएको हो । डिस्चार्जका समयमा पुष्पगुच्छासहित उनलाई सम्मान गरिएको थियो । उनले पनि उपचारमा संलग्न सबैलाई धन्यवाद दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
-
बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरू
-
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
-
पोखरामा भारतीय सेना प्रमुख, वीरता पुरस्कार विजेताहरुलाई सम्मान
-
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा