शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सकारले औषधि व्यवस्था विभाग खारेज गर्ने

शुक्रबार, ०२ जेठ २०७७, १७ : ५४
शुक्रबार, ०२ जेठ २०७७

काठमाडौं । सरकारले औषधि व्यवस्था विभाग खारेज गर्ने भएको छ । आगामी आर्थिक वर्ष ०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले औषधि व्यवस्था विभाग खारेज गरिने बताएकी हुन् । 
विभागलाई खारेज गरी स्वायत्त नियमनकारी संस्था खाद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना गर्ने उनले बताइन् ।

  यस्तै आगामी आर्थिक वर्षमा सरकारले नेपालीको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्त निरोधात्मक कार्यक्रम संचालन गर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

 सरकारले ४० वर्ष माथिका नागरिकलाई ६ महिनाको एक पटक  रक्तचाप र  रगतमा ग्लुकोज भए–नभएकोबारे निःशुल्क जाँचको व्यवस्था गर्ने छ भने यो सेवालाई वडास्तरमा लागु गरिने उनले बताइन् । 

आगामी आर्थिक वर्षमा प्रत्येक  प्रदेशमा तीन–तीन  सय श्यैयाको अस्पताल र १ सय श्यैयाको अत्याधुनिक प्रयोगशाला निमार्ण गरिने उनले बताइन् ।  विद्यालय स्वास्थ्य कार्यक्रममा शारीरिक व्यायाम र योगअभ्यास अनिवार्य गराउने उनको भनाइ छ । एकीकृत एम्बुलेन्स सेवा संचालन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप