शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल इन्जिनियरिङ कलेजले बनाएको ‘डेलिभरी रोबोट’ टेकु अस्पताललाई हस्तान्तरण

शुक्रबार, ०२ जेठ २०७७, १७ : ५२
शुक्रबार, ०२ जेठ २०७७

काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका प्राध्यपाक तथा विद्यार्थीको टोलीले बनाएको ‘डेलिभरी रोबोट’ शुक्रबार एक कार्यक्रमबीच शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतल टेकु काठमाडौँलाई हस्तान्तरण गरिएको छ ।

अस्पतालहरुमा नर्सहरुलाई विरामीहरुलाई औषधि, पानी, खाना, सामानलगायतका सामानहरु आफै दिन जान नपर्ने गरी मेशिनले दिन जाने स्वचालित रोबोट हस्तान्तरण गरिएको हो । कलेज सञ्चालक समितिका अध्यक्ष एवम् चाँंगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले अस्पतालका निर्देशक डा सागरकुमार राजभण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएको रोबोटलाई अस्पतालको आइसोलेशन वार्डमा प्रयोग गरिनेछ । हस्तान्तरणसँंगै रोबोटको प्रयोय गर्ने नर्सहरुलाई रोबोट सञ्चालनसम्वन्धि अस्पतालमै अभ्यास गराएको थियो । पाँंच छ जना नर्सहरुले रोबोट सञ्चालन गर्न  सिकेका थिए । रोबोट चलाउन जानेपछि रोबोट हस्तान्तरण गरी अस्पतालमा छाडिएको थियो । यही क्रममा रोबोटलाई अस्पतालको आइसोलेशन वार्डमा लगेर सञ्चालन अभ्याससमेत गरिएको थियो ।

कार्यक्रमपछि कलेज र अस्पतालबीच सम्झौतासमेत गरिएको थियो । सम्झौतामा कलेजकोतर्फबाट कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ र अस्पतालकोतर्फबाट अस्पताल प्रशाशन शाखाका शाखा अधिकृत रुपनारायण खतिवडा सम्पर्क व्यक्ति रहेको र रोबोट सञ्चालनका क्रममा कुनै प्राविधिक समस्या आइपरेमा निर्माण कार्यमा सहभागी प्राध्यापक तथा विद्यार्थीको टोलीले बनाइदिने सहमति भएको हो ।

अस्पतालको ट्रली सहयोगबाट कलेजका चार जना प्राध्यापक र चार जना विद्यार्थी गरी आठ जनाको समूहले रोबोट तयार पारेको थियो । कलेजका चारजना सहायक प्राध्यापकहरू रुपेशदही श्रेष्ठ, दिनेश डंगोल, सचिन श्रेष्ठ र अभिनास खत्री केसी तथा सोही कलेजमा अध्ययनरत विद्यार्थीहरू उत्सव खड्का, सरोज चौधरी, राजु श्रेष्ठ र कुमार श्रेष्ठ यो रोबोटको विकास गर्न सफल भएका हुन् ।

परीक्षण गर्दा यसले ३० किलोग्रामसम्म सामान बोक्न सक्ने क्षमता रहेकोले औषधि र खानाबाहेक अरु पनि आवश्यक सामानहरु रोबोटले वोक्न सक्ने क्षमता रहेको जनाइएको छ ।  ट्रली बाहेकको निर्माण सामग्रि करिव २५ हजारको सस्तो दररेटमा यसको निर्माण सम्भव भएको जनाइएको छ । रोबोट म्यानुल (रिमोट कन्ट्रोल) बाट चलाइने छ । रिसेप्सनमा बसेको एकजना नर्सले रिमोटबाट आवश्यकता अनुसार विरामीविरामीसम्मलाई आवश्यक औषधि, पानी, खानालगायतका सामान पु¥याउन लगाउने छ ।

कलेजका प्राचार्य प्रा.डा. श्रेष्ठले अहिलेलाई एउटा मात्रै रोबोटको विकास गरिएको जनाए । सामाजिक उतरदायित्वलाई मध्यनजर गरी आफूहरूले रोबोट बनाएको प्रा.डा. श्रेष्ठले जनाए । भविष्यमा नेपाल सरकार वा अन्य नियकाहरूबाट माग भएमा प्राविधिक सहयोग गर्न कलेज तयार रहेको प्रा.डा. श्रेष्ठले स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप