शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोना संक्रमणबाट ६३ जना नेपालीको निधन

शुक्रबार, ०२ जेठ २०७७, १७ : २६
शुक्रबार, ०२ जेठ २०७७

लण्डन । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने गैरआवासीय नेपालीहरुको संख्या ६३ पुगेको छ । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले दिएको पछिल्लो जानकारी अनुसार शुक्रबार बिहानसामको तथ्याँक अनुसार बेलायतमा ६३ जना नेपालीहरुको कोरोनाका कारण निधन भएको पुष्टी भैसकेको हो । मृत्यु हुनेहरुमा ५२ जना पुरुष र ११ जना महिला रहेका छन् । 

सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारका सदस्यहरु  रहेका  छन् । अहिलेसम्म ५२ जना पूर्व गोर्खा सैनिक तथा तिनका परिवार र ११ जना गैर गोर्खाहरु रहेको दूतावासले जानकारी दिएको छ । हालसम्म बेलायतको सबैभन्दा कम उमेरमा कोरोनाको संक्रमणका  कारण निधन हुनेमा बेलायतको ननिटन निवासी ३२ वर्षीय बिमा नाछिरिंग राई रहेकी छन् । निधन हुनेमा प्राय ७० वर्षभन्दा माथिका रहेका छन् । 

त्यस्तै गैरआवासीय नेपाली संघ यूकेले अप्रिल १३ तारिखसम्मको तथ्याङ्क सार्वजनिक गरेको छ, जसअनुसार ६१ जनाको कोरोनाको संक्रमणबाट निधन भएको छ भने ७ सय ४७ जना नेपालीमा कोरोनाको संक्रमण भएको बताएको छ । कोरोना संक्रमणका कारण १ सय १५ जना अस्पताल भर्ना भएको र १७ जना नेपालीहरु अहिले अस्पतालमा उपचार गराइरहेको तथ्याङ्कमा उल्लेख छ ।  

एनआरएन यूकेको पछिल्लो तथ्याँकको बारेमा चाडै नै जानकारी गराउने एनआरएन यूके हेल्पलाइनका संयोजक एवम् एनआरएनए यूके सचिव जित रानाभाटले बताए । एनआरएन यूके हेल्पलाइनद्वारा हप्तामा एक वा  दुइपटक सम्म कोरोना संक्रमित बेलायतवासी नेपालीहरुको तथ्याँक सार्वजनिक गरिंदै आएको छ ।त्यस्तै बिहीबार दिउँसोसम्म बेलायतमा कुल ३३ हजार ६ सय १४  जानाको कोरोनाको संक्रमणका कारण ज्यान गइसकेका छ भने विश्वभरिमा तीन लाख भन्दा बढीको ज्यान गैसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप