शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङ्जाको दरौ खोलामा मृत अवस्थामा युवक फेला

शुक्रबार, ०२ जेठ २०७७, १६ : ०४
शुक्रबार, ०२ जेठ २०७७

स्याङजा । स्याङ्जाको दरौ खोला किनारमा एक युवक मृत फेला परेका छन् । प्रहरीका अनुसार मृतक स्याङ्जा पुतलीबजार नगरपालिका ११ बेलबासका हुन् ।

पुतलीबजार नगरपालिका १३ झापाकोट स्थित दरौ खोलामा पुतलीबजार नगरपालिका ११ बेलबासका ३३ वर्षीय ईश्वर जि.टी. मृत फेला परेका हुन् । घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।

दरौ खोला किनारमा तैरिई रहेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप