केन्द्रीय संस्करण

दुबईमा नाक र मुख ढाक्ने गरी मास्क नलगाए जरिवाना

person explore access_timeजेठ २, २०७७ chat_bubble_outline0

युएई । दुबईमा मास्क प्रयोग नगर्नेलाई जरिवाना हुने भएको छ ।  नाक, मुख नढाकी मास्क लगाउनेलाई दुबईमा एक हजार दिर्हाम अर्थात करिव (३१ हजार रुपैया) जरिवाना तोकिएको दुबई प्रहरीलाई उदृत गर्दै गल्फ न्यूजले समाचार लेखेको छ ।

दुबईमा लकडाउन केही खुकुलो गरेपछि मल,रेस्टुरेन्ट, सार्वजनिक यातायात,बजार,समुद्री किनारा तथा पार्कमा मान्छेको चहलपहल बढेसँगै मास्क राम्रोसँग नलगाउँदा कोरोना सङ्क्रमण फैलिने जोखिम भएको भन्दै दुबई सरकारले कार्वाही सहित जनिवाना तोकेको हो।

सार्वजनिक स्थलमा हिँडडुल गर्दा, मास्कले मुख मात्र छोप्ने, घाँटीमा झुण्ड्याउने, हातमा समातेर हिँड्ने, पाइन्टको गोजीमा राख्ने गरेको भन्दै यसको उचित प्रयोग गर्न र गराउन जरिवाना  तोकिएको दुबई प्रहरीले जनाएको छ । गत मार्च २६ देखि अप्रिल १६ सम्म मास्क नलगाउने र शारीरिक दूरी कायम नगर्ने १० हजार दुईसय ८६ जनालाई जरिवाना गरिएको दुबई प्रहरीले जनाएको छ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.