भक्तपुरमा पत्रकारहरुको कोरोना परीक्षण
भक्तपुर । सूचनाका लागि हरेक समय बाहिर हुने पत्रकारहरुलाई कोरोनाको जोखिम धेरै हुने भएकाले भक्तपुरमा स्वायव परीक्षण गरिएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको संयोजनमा मध्यपुर थिमि नगरपालिकाको सहयोगमा २५ जना पत्रकारहरुको कोरोना परीक्षण गरिएको हो ।
मध्यपुरथिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका स्वास्थ्यकर्मीहरुले स्वायव परीक्षण गरेका हुन् । जोखिम र विपतको समयमापनि पत्रकार अगाडी रहेर सूचना संकलन गर्नुपर्ने भएकाले जोखिम हुने देखिएर परीक्षण गरिएको नगरप्रमुख मदन सुन्दर श्रेष्ठले बताए ।
केही दिन अगाडी मध्यपुरथिमि नगरपालिकाका सबै जनप्रतिनिधिहरुको स्वायव परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको समेत नगरप्रमुख श्रेष्ठले जानकारी दिएका छन् । बाहिर कार्यक्षेत्र भएका पत्रकारहरुलाई जोखिम धेरै भएकाले महासंघको पहलमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले रातोपाटीलाई बताए । पत्रकारहरुको स्वायव परिक्षणको नतिजा भने भोली साँझसम्म आउने नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध