बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा पत्रकारहरुको कोरोना परीक्षण

शुक्रबार, ०२ जेठ २०७७, १२ : ३६
शुक्रबार, ०२ जेठ २०७७

भक्तपुर । सूचनाका लागि हरेक समय बाहिर हुने पत्रकारहरुलाई कोरोनाको जोखिम धेरै हुने भएकाले भक्तपुरमा स्वायव परीक्षण गरिएको छ ।  शुक्रबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको संयोजनमा मध्यपुर थिमि नगरपालिकाको सहयोगमा २५ जना पत्रकारहरुको कोरोना परीक्षण गरिएको हो । 

मध्यपुरथिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका स्वास्थ्यकर्मीहरुले स्वायव परीक्षण गरेका हुन् । जोखिम र विपतको समयमापनि पत्रकार अगाडी रहेर सूचना संकलन गर्नुपर्ने भएकाले जोखिम हुने देखिएर परीक्षण गरिएको नगरप्रमुख मदन सुन्दर श्रेष्ठले बताए । 

केही दिन अगाडी मध्यपुरथिमि नगरपालिकाका सबै जनप्रतिनिधिहरुको स्वायव परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको समेत नगरप्रमुख श्रेष्ठले जानकारी दिएका छन् ।  बाहिर कार्यक्षेत्र भएका पत्रकारहरुलाई जोखिम धेरै भएकाले महासंघको पहलमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले रातोपाटीलाई बताए ।  पत्रकारहरुको स्वायव परिक्षणको नतिजा भने भोली साँझसम्म आउने नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप